PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

बैतडीमा पहिरोसँगै खसेको ढुंगाले लागेर एकको मृत्यु, एक घाइते



बैतडीमा पहिरोसँगै खसेको ढुंगाले लागेर एकको मृत्यु, एक घाइते

  • महेन्द्र बम-
कैलालीः बैतडीमा पहिरोसँगै भीरबाट खसेको ढुंगा लागेर घाइते भएका एक युवकलाई उपचारका लागि कैलाली ल्याउने क्रममा बाटोमै मृत्यु भएको छ्। 

मेलौली नगरपालिका १ का २० वर्षीय आनन्द सिंह नेगी आज बिहान घाइते भएका थिए। ढुंगाले टाउकोमा लागेर गम्भीर घाइते भएका आनन्दको बैतडीमा उपचार हुन नसक्दा थप उपचारका लागि कैलाली ल्याउनेक्रममा दिउँसो  साढे २ बजे बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता कान्तिराज जोशीले जानकारी दिए।

मृतकको शव परीक्षणका लागि पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको प्रहरीले जनाएको छ। 

घाइते ३५ वर्षीय देवेन्द्र सिंह नेगीको मेलौलीस्थित केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ। 

आज बिहान साढे ९ बजे घरबाट बजार जाने बेला देउराली भन्ने स्थानमा एक्कासि पहिरोसँगै खसेको  ढुंगा लागेर उनीहरु दुवैजना घाइते भएका थिए।   



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell