PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

स्वास्थ्य मन्त्रालयमा २ देखि ५० लाख तिरेर कर्मचारीको सरुवा!



स्वास्थ्य मन्त्रालयमा २ देखि ५० लाख तिरेर कर्मचारीको सरुवा!

काठमाडौं : स्वास्थ्य मन्त्रालयमा कर्मचारीहरुको सरुवामा ठूलो रकमको चलखेल हुने गरेको सांसदहरुले आरोप लगाएका छन्।

आजको प्रतिनिधि सभा बैठकमा सांसद राजेन्द्रप्रसाद गौतमले ठूलो रकमको चलखेल भएर १६ सय २० जना कर्मचारीको हेरफेर र सरुवा गरिएको बताए। स्वास्थ्य मन्त्रालयको इतिहास मै यति धेरै कर्मचारीको सरुवा भएको भन्दै गौतमले यसबाट कर्मचारीहरु प्रभावित भएको बताए।

गौतमले भने ‘२ देखि ५० लाख रुपैंया लिएर सरुवा भएको छ। यसले स्वास्थ्य मन्त्रालयमा भूकम्प आएको छ। उपप्रधानमन्त्री एवं स्वास्थ्य मन्त्रीले करेक्सन गर्नु पर्‍यो।’

मंगलवार स्वास्थ्य मन्त्रालयले सयौं कर्मचारी सरुवा गरेको थियो। सरुवाको सूची भने मन्त्रालयले सार्वजनिक गरेको छैन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell