PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

ओपिसी भन्दै पिपिसी बेचेपछि ओम सिमेन्टको गुणस्तर चिन्ह रोकियो



पहिलोपोस्ट

ओपिसी भन्दै पिपिसी बेचेपछि ओम सिमेन्टको गुणस्तर चिन्ह रोकियो

काठमाडौं : नेपाल गुणस्तर तथा नापतौल विभागले ओम सिमेन्टको ओपिसीको गुणस्तर चिन्ह स्थगन गरेको छ।

इन्टरनेशनल सिमेन्ट प्रालिले ओम ब्राण्डमा ओपिसी र पिपिसी ब्राण्डमा सिमेन्ट उत्पादन गर्दै आएको छ।विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले ओमको पिपिसीलार्इ समेत ओपिसी भन्दै संखुवासभाको खाँदबारीमा बिक्री गरिएको भेटिएको बताए।

‘उद्योगले पिपिसीलार्इ समेत ओपिसी भनेर बिक्री गरेको भेटियो,’ उनले भने, 'गाउँका जनतालार्इ सिमेन्टको बारेमा जानकारी नहुने भएपछि जानीजानी पिपिसीलार्इ ओपिसी भनेर बिक्री गरेको रहेछ।‘ ओपिसी छिटो जम्ने र विशेषगरी ढलान र बिम बनाउन प्रयोग गरिन्छ भने पिपिसी सिमेन्ट गारो लगाउन र प्लास्टरमा बढी प्रयोग हुन्छ। पिपिसी महँगो पर्छ।

यो उद्योगले दैनिक ६ सय टन सिमेन्ट उत्पादन गर्छ। उद्योगले ४३ र ५३ ग्रेडको सिमेन्ट उत्पादन गर्दै आएको छ। कम्पनीले ओम,ज्योति आयुष्मान र रुद्राक्ष ब्राण्डमा सिमेन्ट उत्पादन गर्दै आएको छ।यो कम्पनीका संचालक विमल अग्रवाल हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell