PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

एक जना बाहेक हेलिकप्टरमा सवार सबैको मृत्यु



वसन्तराज उप्रेती

एक जना बाहेक हेलिकप्टरमा सवार सबैको मृत्यु

काठमाडौं : काठमाडौँका लागि गोरखा सामागाउँबाट उडेको हेलिकप्टर दुर्घटना अवस्थामा फेला परेको छ। हेलिकप्टरमा सवार छ जनाको मृत्यु भएको छ।

त्रिभुवन विमानस्थलका प्रवक्ता प्रतावबहादुर तिवारीले  पाइलटसहित छ जनाको मृत्यु भएको बताएका हुन्। नुवाकोटको मेघाङ गाउँपालिकाको मैलुगस्थित जंगल भित्र हेलिकप्टर फेला परेको हो।
 
गोरखाको सामागाउँमा ४ चिनियाँलाई उतारेर काठमाडौँ फर्किँदै गरेको हेलिकप्टरमा एक जापानी नागरिक र ५ नेपाली यात्रु थिए। हेलिकप्टरमा पाइलट निश्चल केसी, जापानी नागरिक हिरोमी कोमात्सु, दिल्लीबहादुर गुरुङ, हिरा शेर्पा, छोवाङ नुर्वु र सुनिल तामाङ रहेका छन्। उनीहरुको मृत्यु भएको हो। हेलिक्टरमा सवार ल्हो आनी डोल्मा भने बाँच्न सफल भएकी छिन्

अल्टिच्युड एयरको नाइन एन – एएलएस कलसाइन रहेको हेलिकप्टर बिहान ७:४० मा उडेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell