PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

अल्टिच्युड एअरको हेलिकप्टर यस्तो अवस्थामा फेला, चार फोटोमा हेर्नुस्

अल्टिच्युड एअरको हेलिकप्टर यस्तो अवस्थामा फेला, चार फोटोमा हेर्नुस्


काठमाडौं : काठमाडौँका लागि गोरखा सामागाउँबाट उडेको अल्टिच्युड एअरको हेलिकप्टर दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ। हेलिकप्टरमा सवार छ जनाको मृत्यु भएको छ।

त्रिभुवन विमानस्थलका प्रवक्ता प्रतावबहादुर तिवारीले  पाइलटसहित छ जनाको मृत्यु भएको बताएका हुन्। नुवाकोटको मेघाङ गाउँपालिकाको मैलुगस्थित जंगलमा हेलिकप्टर फेला परेको हो।
 
गोरखाको सामागाउँमा ४ चिनियाँलाई उतारेर काठमाडौँ फर्किँदै गरेको हेलिकप्टरमा एक जापानी नागरिक र ५ नेपाली यात्रु थिए। हेलिकप्टरमा पाइलट निश्चल केसी, जापानी नागरिक हिरोमी कोमात्सु, दिल्लीबहादुर गुरुङ, हिरा शेर्पा, छोवाङ नुर्वु र सुनिल तामाङ रहेका छन्। उनीहरुको मृत्यु भएको हो। हेलिक्टरमा सवार ल्हो आनी डोल्मा भने बाँच्न सफल भएकी छिन्

अल्टिच्युड एयरको नाइन एन – एएलएस कलसाइन रहेको हेलिकप्टर बिहान ७:४० मा उडेको थियो।


ट्रेन्डिङ पोस्ट

Ncell