PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

प्रधानसेनापति थापालाई फूली लगाउँदाको क्षण, ६ फोटोमा हेर्नुस्

प्रधानसेनापति थापालाई फूली लगाउँदाको क्षण, ६ फोटोमा हेर्नुस्


काठमाडौं: राष्ट्रपति विद्यादेवी भण्डारीले आज एक समारोहकाबीच प्रधानसेनापति रथी पूर्णचन्द्र थापालाई महारथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरेकी छन्। राष्ट्रपति भण्डारी नेपाली सेनाको परमाधिपति हुन्।

राष्ट्रपति भवन शितलनिवासमा आयोजित विशेष समारोहमा राष्ट्रपतिले थापालाई महारथीको दज्र्यानी चिन्ह प्रदान गरी प्रधानसेनापतिमा नियुक्त गरेकी हुन्। 

राष्ट्रपति भण्डारीले नवनियुक्त प्रधानसेनापति थापालाई पद तथा गोपनीयताको शपथ पनि गराए। समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, रक्षामन्त्री ईश्वर पोखरेल र गृहमन्त्री रामबहादुर थापा ‘बादल’ उपस्थित थिए। 

सरकारले साउन २४ गतेदेखि रथी थापालाई कायममुकाय प्रधानसेनापतिको जिम्मेवारी दिएको थियो । 

उनले सैनिक मुख्यालय जङगीअड्डा पुगेर आजै नेपालको ४३ औँ प्रधानसेनापतिका रूपमा पद बहाली गरे। विसं २०१७ भदौ २५ गते लमजुङको गाउँशहरमा जन्मेका रथी थापा विसं २०३६ मा नेपाली सेनाको अधिकृत क्याडेटमा भर्ना भएका थिए। रासस 



ट्रेन्डिङ पोस्ट

Ncell