PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

हेलिकप्टर दुर्घटना : जाँच आयोग गठन



हेलिकप्टर दुर्घटना : जाँच आयोग गठन

काठमाडौँ: संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले शनिबार दुर्घटनाग्रस्त अल्टिच्युड एयरको हेलिकप्टरबारे छानबिन गर्न तीन सदस्यीय दुर्घटना जाँच आयोग गठन गरेको छ। 

आयोगको अध्यक्षमा पर्यटन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने तथा सदस्यमा सिम्रिक एयरका वरिष्ठ क्याप्टेन सिद्धार्थजङ्ग गुरुङ र समिट एयरका वरिष्ठ इञ्जिनियर मेघेन्द्रकुमार श्रेष्ठ रहेका छन्। 

उक्त दुर्घटनाको सत्यतथ्य छानबिन गरी यथाशीघ्र सिफारिशसहितको प्रतिवेदन बुझाउन आजको मन्त्रिस्तरको निर्णयअनुसार सदस्य–सचिव आफैँले तोक्ने गरी जिम्मेवारी दिइएको मन्त्रालयद्वारा आज जारी विज्ञप्तिमा जनाइएको छ। 

गोरखाको सामागाउँबाट काठमाडौँका लागि उडेको सो हेलिकप्टर शनिबार बिहान ८ः०५ बजेदेखि विमानस्थलसँग सम्पर्कविहीन भएको थियो । खोज तथा उद्धार कार्यमा खटिएका सुरक्षाकर्मीले उक्त होलिकप्टर धादिङको सत्यदेवी भन्ने स्थान आसपासको घनाजङ्गलमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको थियो। 

दुर्घटनामा हेलिकप्टरमा सवार सात जनामध्ये पाँच जना यात्रु तथा एक विमानचालकको निधन भएको छ भने एक जना यात्रु आनी डोल्माको जीवितै उद्धार गरिएको थियो । डोल्माको ललितपुरको मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ। मन्त्रालयले मृतकप्रति हार्दिक श्रद्धाञ्जलि व्यक्त गर्दै मृतकको परिवारजनमा समवेदना तथा घाइतेको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरेको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell