PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

सप्तरीमा अटोरिक्साको ठक्करबाट एक महिलाको मृत्यु



पहिलोपोस्ट

सप्तरीमा अटोरिक्साको ठक्करबाट एक महिलाको मृत्यु

राजविराजः  भारदह–कुनौली सडकखण्ड  अन्तर्गत सप्तरीको हनुमाननगर कङ्कालनी नगरपालिका–१४ स्थित डलुवामा अटोरिक्साको ठक्करबाट आज एक महिलाको मृत्यु भएको छ।

मृत्यु हुनेमा सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–३ बस्ने ६५ वर्षीया मान्सादेवी सदा रहेको इलाका प्रहरी कार्यालय हनुमाननगरले जनाएको छ।

ठक्करबाट गम्भीर घाइते भएकी उनलाई उपचारको लागि विराटनगरस्थित न्यूरो अस्पताल लैजाने क्रममा बीचबाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ। सडकमा गुडिरहेको अटोरिक्सा नं स १ ह २३०३ ले बाटोमा हिंडिरहेकी सदालाई ठक्कर दिएको थियो। अटोरिक्साका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell