PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

प्रधानसेनापति ट्रफी खेल प्रतियोगिताको उद्घाटनमा नाचगानदेखि परेडसम्म, फोटोमा हेर्नुस्

प्रधानसेनापति ट्रफी खेल प्रतियोगिताको उद्घाटनमा नाचगानदेखि परेडसम्म, फोटोमा हेर्नुस्


काठमाडौं: सोमवार प्रधानसेनापति पूर्णचन्द्र थापाले ‘प्रधानसेनापति ट्रफि खेलकुद प्रतियोगिता २०७५’ को उद्घाटन गरे। काठमाडौंको भद्रकाली खेल मैदानमा आयोजित कार्यक्रममा नृत्यदेखि परेडसम्म प्रदर्शन भएको थियो। 

समारोहमा नेपाली सेनाको पृतना, बाहिनी र बिशेष फौज गरी सहभागी १४ वटा टिमले मार्च पास प्रस्तुत गरेका थिए । यसैगरी फ्लेम प्रज्वलित गर्ने, बेलुन उडाउनु साथै ८ वटै पृतनाहरुको संयोजनमा फरकफरक जातजातिको पहिचान र संस्कृति झल्कने विभिन्न भेषभुषामा झाँकी तथा नृत्यहरुको अतिरिक्त सैनिक ब्याण्डबाट व्याण्ड डिस्प्ले समेत प्रस्तुत गरिएको  थियो।

कार्यक्रममा महिलाहरुको ४०० मिटर र पुरुषहरुको ८०० मिटर दौडको फाइनल खेल भई प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने खेलाडीहरुलाई प्रधानसेनापति श्री थापाले पुरस्कार वितरण गरे।   

एथ्लेटिक्स, स्विमिङ्ग, बक्सिङ्ग, तेक्वान्दो, भलिबल, बास्केटबल, फुटबल, कबड्डी, साईक्लिङ्ग र ह्याण्डबल विधाका खेलहरु समावेश प्रतियोगिता असोज १९ गतेसम्म जारी रहने सेनाले जनाएको छ।


ट्रेन्डिङ पोस्ट

Ncell