PahiloPost

Nov 13, 2018 | २७ कात्तिक २०७५


बैतडीमा बस दुर्घटना १९ जना घाइते


पहिलोपोस्ट

बैतडीमा बस दुर्घटना १९ जना घाइते

बैतडीः बस दुर्घटनामा परी बैतडीमा १९ जना घाइते भएका छन्।

महेन्द्रनगरबाट दार्चुलातर्फ जाँदै गरेको ना ६ ख ७४२० नं को बस तथा बैतडीको गन्नाबाट महेन्द्रनगर जाँदै गरेको ना५ख ७५४७ नं को बस महाकाली राजमार्ग अन्तर्गत सतबाँझ–गोकुलेश्वर सडकखण्डको बांगाबगरमा ठोक्किँदा दुर्घटना भएको हो।

दुर्घटनामा गम्भीर घाइते दार्चुलाको मार्मा गाउँपालिका–३ का २७ वर्षीया मनीषा विष्ट, उनका श्रीमान ३३ वर्षीय पदम विष्ट, ३० वर्षीय सुरेन्द्र विष्ट, मार्मा–६ का २४ वर्षीय धनबहादुर नाथ र डडेल्धुरा अमरगढी नगरपालिका–६ का ४० वर्षीय रामबहादुर खड्कालाई उपचारका लागि धनगढी लगिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कान्तिराज जोशीले जानकारी दिए। अन्य घाइतेको दार्चुलाको गोकुलेश्वर प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ। रासस



बैतडीमा बस दुर्घटना १९ जना घाइते को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट