PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

व्रत बस्नेलाई डाक्टरको टिप्स, '३ घण्टाभन्दा बढी भोकै बस्नु हानिकारक'



सागर बुढाथोकी

व्रत बस्नेलाई डाक्टरको टिप्स, '३ घण्टाभन्दा बढी भोकै बस्नु हानिकारक'

हिन्दु महिलाहरूको चाड तीजको सांस्कृतिक महत्त्व छुटै छ। रातै सजिएर मनाउने यो पर्वमा महिलाहरु निराहार व्रत बस्ने परम्परा छ। पतिको सुस्वास्थ्यको कामना गर्दै पानीसमेत नपिउनेहरू उत्तिकै छन्। 
 
तर, चिकित्सकहरू भन्छन्, ‘निराहार व्रतले स्वास्थ्यमा गम्भीर असर गर्छ।’

त्यसैले व्रतालुको भिड लाग्ने शिव मन्दिरहरूमा उपचार गर्ने टोलीहरू नै खटिनुपर्ने अवस्था छ। पशुपति क्षेत्रमा आज उपचार गर्ने स्वयंसेवीहरु पनि छन्। आफ्नै शरीरलाई सास्ती दिएर व्रत बस्न नहुने तर्क छ चिकित्सकहरूको। 

किन बस्नुहुन्न निराहार व्रत?

ओम अस्पतालमा आइसीयुमा कार्यरत डाक्टर दिलजान मन्सुर भन्छन्, ‘वास्तवमा व्रत बस्नु हुन्न। ३ घण्टाभन्दा बढी भोकै बस्नु हानिकारक हुन्छ। भोकै बस्दा शरीरमा ग्लुकोजको मात्रा कमी हुन्छ। ग्लुकोज भएन भने शरीरका अंगहरु मुटु, कलेजो, मष्तिक र मिर्गैालामा असर पर्छ।’

भोको बस्दा पेटमा ‘किटान’ बढ्छ। शरीर कमजोर भएर रिँगटा लाग्छ। ब्रेन डेथ हुनसक्छ। 
मनसुरले सचेत गराए, ‘रोगी महिलाहरूले निराहार व्रत बसे भने हर्ट अट्याक हुनसक्छ। सुगर,प्रेसर भएका र अन्य दीर्घरोगीहरुले व्रत बस्न नै हुँदैन। स्वस्थ महिलाहरूले व्रत बस्दा पनि सावधानी अपनाउनुपर्छ।’

कसरी बस्न सकिन्छ व्रत?

मन्सुर भन्छन्, ‘शरीरलाई चाहिने ग्लुकोज फलफूल, जुस र पानीबाट प्राप्त गर्न सकिन्छ। इनर्जी ड्रिङ्स, दहीमा फलफूल मिसाउँदा पनि शरीरलाई आवश्यक पर्ने ग्लुकोज प्राप्त हुन्छ।’
यसरी फलफूल र जुस खाएर व्रत बस्यो भने शरीरका कोशिका मर्दैनन्। रिँगटा लाग्दैन र शरीर सुख्खा नभएपछि महिलाहरूलाई असर नपर्ने मनसुर बताउँछन्।

मनोरोग विशेषज्ञ डाक्टर सञ्जीव गौतम व्रत बस्नु राम्रो भए पनि निराहार व्रत बस्दा मानसिक रूपमा गाह्रो हुने बताउँछन्। 

उनी भन्छन्, ‘भोको, बस्दा रिस उठ्ने, रिँगटा लाग्ने हुनाले मानसिक रूपमा असर पर्छ। फलफूल खाएर रमाइलोसँग चाडपर्व मनाउने हो भने तीजबाट मनारोगीहरुलाई राहत मिल्न सक्छ। तर, भोकै भने बस्नु हुन्न।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell