PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

माल्दिभ्ससँग किन हार्‍यो नेपाल? प्रशिक्षक बालगोपालले दिए चार कारण



पहिलोपोस्ट

माल्दिभ्ससँग किन हार्‍यो नेपाल? प्रशिक्षक बालगोपालले दिए चार कारण

काठमाडौँ : फेभरेट हुँदा हुँदै पनि साफ च्याम्पियनसिपको सेमिफाइनलमा नेपाल माल्दिभ्ससँग ३-० ले पराजित भएको छ।

समूह चरणमा एक गोल पनि गर्न नसकेको माल्दिभ्सले सेमिफाइनलमा ३ गोल गर्द नेपाल घर फर्कन बाध्य बनायो। प्रतियोगिताको उपाधि जित्ने लक्ष्यसहित ढाका पुगेको नेपाल सेमिफाइनलबाटै अघि बढ्न सकेन।

वर्षाले प्रभावित खेलमा नेपालले ३ गोल बेहोर्न एक गोल पनि गर्न सकेन। खेलपछि नेपालका कार्यबाहक मुख्य प्रशिक्षक बालगोपाल महर्जनले माल्दिभ्ससँग हार्दा एकदमै दु:ख लागेको बताउँदै नेपाल फ्यानसँग माफी समेत मागे।

उनले नेपाल माल्दिभ्ससँग राम्रो खेल्दा खेल्दै नि पराजित हुनुपरेको बताए। 'आज हामीलाई भाग्यले पनि साथ दिएन।' महर्जनले भने।


प्रशिक्षक बालगोपालका अनुसार यी चार कारण नेपाल माल्दिभ्सँग पराजित भयो।

  • ग्राउण्ड कन्डिसन। नर्मल ग्राउण्डमा हाम्रो खेलाडीले राम्रो खेलेका थिए। आज पानि परेकाले खेलाडीले राम्रोसँग खेल्न सकेनन्।
  • गल्ती गल्ती...आज गल्ती धेरै भयो। खेलाडीले गल्ती माथि गल्ती थप्दै गए।
  • पाएको मौका सदुपयोग गर्न नसक्नु। नेपाले जति नि अवसर पाएको थियो त्यसलाई सदुपयोग गर्न सकेन गोल गर्न सकेन।
  • सब्सिच्युट खेलाडीको प्रदर्शन। यसअघिको खेलमा हामीले जसरी सब्सिच्युट खेलाडीलाई मैदान पठाएका थियौँ। उनीहरुले राम्रो खेल। तर आजको खेलमा त्यसो हुन सकेन।

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell