PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

डोटीमा बस दुर्घटनाः २४ जना घाइते, चारको अवस्था गम्भीर



पहिलोपोस्ट

डोटीमा बस दुर्घटनाः २४ जना घाइते, चारको अवस्था गम्भीर

धनगढीः दार्चुलाबाट महेन्द्रनगरतर्फ आउँदै गरेको ना ५ ख ९११४ नम्बरको बस आज बिहान भीमदत्त राजमार्ग अन्तर्गत पर्ने डोटीको रुवसकाँडा सडकखण्डमा दुर्घटना हुँदा २४ जना घाइते भएका छन्।

कैलालीस्थित क्षेत्रीय ट्राफिक प्रहरी कार्यालयका अनुसार सडकबाट झण्डै १०० मिटर तल भीरमा उक्त बस खसेर भएको दुर्घटनामा परी घाइते भएकामध्ये चारजनाको स्थिति गम्भीर भएको र उनीहरूलाई कैलालीका पद्मा अस्पताल र सेती अञ्चल अस्पतालमा ल्याइँदैछ।

बस दुर्घटना भए लगत्तै घटनास्थल पुगेको प्रहरी टोलीले घाइतेको उद्धार गरिरहेको छ। घटनाको विस्तृत विवरण आउन बाँकी छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell