PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

कक्षा ९ मै पहिलो प्रेम : प्रदीपका अहिलेसम्म १९ गर्लफ्रेन्ड!



रीना मोक्तान

कक्षा ९ मै पहिलो प्रेम : प्रदीपका अहिलेसम्म १९ गर्लफ्रेन्ड!

काठमाडौं : ‘स्कुलका सबै साथीको गर्लफ्रेन्ड हुन्थ्यो। म सानो फुच्चेलाई कसैले हेर्थेन। तर, कक्षा ९ मा हुँदा लभ पर्‍यो। फर्स्ट लभ। स्कुल कार्यक्रममा भेटेका थियौं।’

अभिनेता प्रदीप खड्काले पहिलो प्रेमबारे यसरी नै ब्रिफिङ गर्न भ्याए।

युवा दर्शकले निकै रुचाएका प्रदीप विद्यालय जीवनमा निकै दुब्ला थिए। त्यतिखेर साथीहरुका गर्लफ्रेन्ड थिए। थिएन त, प्रदीपको। आफू फुच्चे देखिने भएका कारण कोही केटीसँग लभ नपरेको सोच्थे प्रदीप। तर, त्यो सोच धेरै समयका लागि रहेन। जब आफूभन्दा एक कक्षा माथिकी केटीले मायाको प्रस्ताव राखिन्।
 
अन्तर विद्यालयको एक संयुक्त कार्यक्रममा प्रदीप र उसको आँखा जुधेको कुरा आज पनि याद गर्छन्, प्रदीप। कार्यक्रममा उनले प्रदीपलाई आफ्नो फोटो खिच्न अनरोध गरिन्। प्रदीपलाई थाह भयो केटी उनीसँग फोटोको बहानामा बोल्न चाहन्छिन्। फोटो खिचियो। अनि मयुरका प्वाँख दिए प्रदीपले। माया बस्यो। 

‘त्यतिखेर 'आइ लभ यू' त भन्नु परेन। उसलाई थाह थियो म उसलाई माया गर्छु भन्ने। मलाई थाह थियो उसले पनि माया गर्छ भनेर,’ सुनाए।

फोन नम्बर लेनदेन भएन। प्रचलनमा नै थिएन। कार्यक्रम सकियो। कार्यक्रम सकिँदा प्रदीपको स्कुलको गाडी छुट्यो। उनकै स्कुलको गाडी चढे। गाडीमा बसिरहँदा प्रदीप कहाँ केटीकी दिदी आएर ‘मेरो बहिनीले तिमीलाई मनपराउँछ’ भनेपछि प्रदीप मख्ख। गाडीले घर पुर्या इदियो। 

त्यसपछि प्रदीपको भेट उनीसँग कहिल्यै भएन। प्रदीप भन्छन्, ‘एकदिनको लभ, एकदिनमा सकियो। एक एपिसोड लभ। अहिले मलाई उसले चिन्छ कि चिन्दैन होला।’

‘बिहे भयो होला,’ फस्ट लभरको स्टाटस अनुमान लगाउँदै हाँसे। 

त्यसयता प्रदीपले १२ को पढाई सकिँदासम्म १९ जना जति गर्लफ्रेन्ड बनाइसकेका छन्।

कत्ति प्रेम त आकर्षण मात्र रहेको बताउँछन्, उनी। 

केही वर्षअघिसम्म प्रदीप सोच्थे, ‘एक समय यस्तो लाग्थ्यो सबै केटा उसको पछि लागोस्। अनि उ मेरो पछि।’

प्रदीपले सोचे जस्तै भएको छ। आज कयौं युवती उनैलाई हेर्न, बोल्न मरिहत्ते गर्छन्। 
प्रदीपले युवा दर्शकको प्रेम पाएका छन्। हुन त अहिले प्रदीप आफू प्रेम सम्बन्धमा नरहेको बताउँछन्। 

युवा दर्शकको मनमा बस्न सफल प्रदीपको युवतीहरुमा क्रेज छुट्टै पाइन्छ। 

प्रदीप अहिले फिल्म गर्नमा नै व्यस्त छन्। करियर केन्द्रित हुँदै जाँदा गर्लफ्रेन्ड बनाउने समय पाएका छैनन्। 

भन्छन्, ‘मेरो साथीहरु विदेशबाट आउने, हात काट्ने, नाटकै गरे केटीका लागि। तर, मैले त्यस्तो गरिँन। १२ पछि काममा नै व्यस्त रहेँ।’

कति युवतीहरुका ड्रिम बोय भएका छन् प्रदीप। कहिलेकाहीँ प्रदीपको लभ अफेयरका समाचारहरु बाहिरिन्छन्। उनी भन्छन्, ‘फिल्ममा अभिनय गरेका को स्टारसँग लभ अफेयरका कुरा बाहिरिइन्छ। त्यो खासै ठूलो कुरा होइन। आइम सिंगल।’

लिलिबिली अभिनेत्री जसिता गुरुङसँगको प्रेम सम्बन्ध नि? 

‘त्यो हल्ला मात्र हो। फिल्म रिलिजको दुई हप्तापछि थाह भएको हो। जसले त्यस्तो हल्लो फैलायो उसलाई मात्र थाहा होला।’

प्रदीपका क्रेजी फ्यान 

प्रदीपका युवती फ्यान निकै छन्। घरसम्म कार्ड अनि रोज लिएर आउने फ्यानहरु पनि। 

‘म छक्क पर्छु, म कहाँ छु भनेर फ्यानलाई कसरी थाह हुनेरहेछ? ब्रिज कोर्स गर्न हिँडेका कति केटी मेरो घरसम्मै आइपुग्थे। 
ब्रिज कोर्स गर्छु भनेर निस्कने अनि दिनभरीको काम नै मेरो घर खोज्ने,’ सुनाए।

प्रदीप आफ्ना फ्यानलाई दुखित् बनाउँदैनन्। फ्यानसँग फोटो खिचिदिन्छन्। प्रशंसकहरुसँग मुसुक्क मुस्कुराइदिन्छन्। भन्छन्, ‘दर्शक मसँग बोल्न अनि फोटो खिचाउन आउनुहुन्छ। त्यसैले म उहाँहरुसँग फोटो खिच्छु।’

इटहरीको प्रसंग जोडे, ‘इटहरीको कार्यक्रममा हुँदा मलाई भेट्न एकजना अस्पतालबाट नै आएकी थिइन्। अस्पतालमा भर्ना भएकी बिरामी हुनुहुन्थ्यो। यस्तो क्रेजी फ्यान भेट्दा कस्तो अनुभव गर्छु त्यो ब्याख्या समेत गर्न सक्दिन।’

अब प्रदीप परिवारले स्वीकार्ने किसिमको प्रेम सम्बन्ध चाहन्छन्। भने, 'म सिंगल छु। एक समय थियो। उसका लागि म सबैथोक होस्, स्कट लगाउने होस्, गाँजल लगाओस्। तर, अहिले त्यस्तो लाग्दैन। परिवारलाई नै छोड्छु यो विषय।

२५ वर्षीय प्रदीपले घर परिवारको दवाव आउँदा एक समय बिहे नगर्ने निर्णयमा पुगेका थिएँ, झोकैले।

अब भन्छन्, ‘हुनेवाली मलाई बुझ्ने होस्। मेरो कामलाई बुझ्ने होस् अनि मेरो परिवारलाई बुझ्नेहोस्।’

प्रदीप अभिनित फिल्म‘रोज’ प्रदर्शनरत छ। फिल्ममा उनीसँगै मिरुना मगर, परमिता राणा लयागतको अभिनय छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell