PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

अब सुत्केरीले एक वर्षसम्म वेतलबी बिदा पाउने



अब सुत्केरीले एक वर्षसम्म वेतलबी बिदा पाउने
फोटो श्रोतः cdn.com

काठमाडौं: अबदेखि सुत्केरीले एक वर्षसम्म बिदा पाउने भएका छन्।

संसदको शिक्षा तथा स्वास्थ्य समितिले सुत्केरी महिलाले एक वर्ष वेतलबी बिदा पाउने गरी सुरक्षित मातृत्व विधेयक पास गरेको छ। मंगलबार उक्त विधेयक पास गरेको हो। 

सुरक्षित मातृत्व विधेयकको दफा १३ को उपदफा २ मा  कुनै गर्भवतीलाई बिदा अपूग भएमा चिकित्सकको सल्लाह बमोजिम १ वर्षसम्म वेतलबी बिदा पाइने उल्लेख गरेको छ।

यसअघि गर्भवतीले १ वर्षसम्म बिदा पाइने व्यवस्था थिएन। समितिबाट पारित भएको विधेयक संसदबाट पारित भएर राष्ट्रपतिले प्रमाणित गर्नुपर्ने हुन्छ। राष्ट्रपतिले प्रमाणित गरेपछि उक्त विधेयक ऐनका रुपमा कार्यान्वयनमा आउने छ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell