PahiloPost

Sep 23, 2018 | ७ असोज २०७५

जबर्जस्ती गर्न खोज्नेलाई किशोरीले हानिन् रड, प्रहरीमा गरिन् आत्मसमर्पण


रासस

जबर्जस्ती गर्न खोज्नेलाई किशोरीले हानिन् रड, प्रहरीमा गरिन् आत्मसमर्पण

रामेछाप : तेह्र वर्षीया किशोरीलाई जबर्जस्ती गर्न खोज्दा उनले हानेको रडबाट एक वृद्धको ज्यान गएको छ। 

आफूलाई जबर्जस्ती गर्न खोजेपछि नाताले नातिनी पर्ने १३ वर्षीया किशोरीले हानेको रडले लागेर रामेछाप नगरपालिका–७, मुढाजोर रजगाउँका ६५ वर्षीय पूर्णबहादुर श्रेष्ठको ज्यान गएको हो। 

बिहीवार बिहान करीब ८ बजेको समयमा ती किशोरी घरबाट केही टाढा रहेको बारीमा घाँस काट्न हिँडेकी थिइन्। सो क्रममा श्रेष्ठले जबर्जस्ती गर्न खोजेको र आफू फुत्किएर घर पुगी फलामको रड लिएर श्रेष्ठको घरमै गई प्रहार गरेको किशोरीले प्रहरीसमक्ष बताएकी छिन्। 

घटनामा प्रयोग भएको रडसहित किशोरीले करीब १० बजे प्रहरी चौकी रामेछापमा हत्याको बारेमा जानकारी गराई आत्मसमर्पणसमेत गरेको पनि प्रहरीले जनाएको छ। 



जबर्जस्ती गर्न खोज्नेलाई किशोरीले हानिन् रड, प्रहरीमा गरिन् आत्मसमर्पण को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट