PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

विश्व क्रिकेटको उत्कृष्ट फिल्डर दक्षिण अफ्रिकी लिजेण्ड जोन्टी रोड्स नेपाल आउने



पहिलोपोस्ट

विश्व क्रिकेटको उत्कृष्ट फिल्डर दक्षिण अफ्रिकी लिजेण्ड जोन्टी रोड्स नेपाल आउने

काठमाडौँ : विश्वकै उत्कृष्ट फिल्डरका रुपमा परिचित दक्षिण अफ्रिकी क्रिकेट लेजेण्ड नेपाल आउने भएका छन्। उनी क्रिकेट खेल्न होइन आफ्नो क्रिकेट कला सिकाउन नेपाल आउँदैछन्।

विश्व क्रिकेटकै लिजेण्ड रोड्स आगामी अक्टोबरमा नेपाल आउन लागेका हुन्।

काठमाडौँको रातोपुलस्थित इन्डोर क्रिकेट एकेडेमी नेपाल क्रिकेट स्कुलको पहलमा रोड्स नेपाल आउन लागेका हुन्। रोड्ड अक्टोबर २२ देखि नोभेम्वर ७ सम्म दुई साताका लागि नेपालमा रहनेछन्।

यसक्रममा उनले क्रिकेटको विभिन्न पक्षको बारेमा नेपालमा प्रशिक्षण दिनेछन्। प्रशिक्षण कीर्तिपुरस्थित टीयू इन्टरनेशनल ग्राउण्डमा सञ्चालन हुनेछ।
 

रोड्सले दक्षिण अफ्रिकाको लागी ५२ टेस्ट र २४५ एकदिवसीय खेलेका थिए। उनले सन् २००३ को एकदिवसीय विश्वकपपछि क्रिकेटबाट सन्यास लिएका थिए।

पुरा नाम जोनाथान निल रोड्स रहेका ४९ वर्षीय यी दायाँहाते ब्याट्सम्यानले टेस्टमा ३५.६६ को औसतले २ हजार ५३२ तथा एकदिवसीयमा ३५.११ को औसतमा ५ हजार ९३५ रन बनाएका छन्।

उनले टेष्टमा ३ तथा एकदिवसीयमा २ वटा शतक प्रहार गरेका छन्।

जोन्टी रोड्सले इन्डियन प्रिमियर लिग (आइपीएल) मा मुम्बई इन्डियन्सको फिल्डिङ कोचका रुपमा रहेका थिए। उनले दक्षिण अफ्रिका, केन्याको प्रशिक्षण सम्हालिसकेका छन्।

रोड्सलाई विश्वकै नम्वर वान फिल्डर पनि भनिन्छ। सन् १९९२ को विश्वकपमा उनले गरेको रनआउट निकै चर्चित छ।

सन् ११९२ को विश्वकपमा उनले पाकिस्तानी क्रिकेटर इन्जमाम उल हकलाई डाइभिङ रन आउट गराएका थिए। त्यतिबेला एउटा पत्रिकाले 'के यो चरा हो? के यो जहाज हो? हैन, यो जोन्टी हो' लेखेको प्रसंग चर्चित छ।

उनी विशेषगरी रनरआउट गर्न माहिर थिए। उनले गर्ने डाइभिङ क्याच र रनआउट विश्वमै चर्चित छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell