PahiloPost

Apr 23, 2019 | १० बैशाख २०७६

राष्ट्रिय सभामा गृहमन्त्रीको जवाफ : निर्मला हत्या प्रकरणको छानबिन जारी छ


राष्ट्रिय सभामा गृहमन्त्रीको जवाफ : निर्मला हत्या प्रकरणको छानबिन जारी छ

काठमाडौं: कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार र हत्या प्रकरणमा गृहमन्त्री रामबहादुर थापाले छानविन जारी रहेको बताएका छन्।

संघीय संसदका माथिल्लो सदन राष्ट्रिय सभामा उठेका प्रश्नहरुको जवाफ दिँदै गृहमन्त्री थापाले निर्मला प्रकरणको उच्चस्तरीय टोलीले छानविन गरिरहेको बताउँदै केही व्यक्तिहरुलाई रिहा गरिएको बताए।

मानसिक सन्तुलन ठीक नभएका दिलिप विष्टलाई दोषी नदेखिएपछि रिहा गरिएको जानकारी दिए। थप संदिग्ध व्यक्तिहरुमाथि छानविन भइरहेको गृहमन्त्रीले बताएका छन्।

उक्त घटनामा संसदीय छानविन समिति सदनले बनाउन सक्ने प्रतिक्रिया पनि थापाले दिएका छन्।

यसैगरी बर्दियामा उपप्रधानमन्त्री उपेन्द्र यादवलाई कालो झण्डा देखाउने राम मनोहर यादवको विरामी भएर मृत्यु भएको गृहमन्त्रीले दाबी गरेका छन्। प्रहरी हिरासतमा विरामी भएका यादवलाई उपचारको क्रममा भदौ १६ गते काठमाडौं स्थिति त्रिवि शिक्षण अस्पतालमा मृत्यु भएको बताए।
 
रोल्पामा मारिएका तरुण दलका नेता रोहित पुनका विषयमा छानविन भइरहेको जानकारी दिए। घटनाको मुख्य दोषीलाई पक्राउ गरी कारवाही अगाडि बढाइएको गृहमन्त्रीले बताए।
 
यसैगरी पत्रकार राजु बस्नेतमाथि उजुरी परेकोले पक्राउ गरी कारवाही अगाडि बढेको बताए। उनलाई हतकडी लगाउने विषयमा केही त्रुटि भएको स्वीकार गृहमन्त्री थापाले गरे।



राष्ट्रिय सभामा गृहमन्त्रीको जवाफ : निर्मला हत्या प्रकरणको छानबिन जारी छ को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट