PahiloPost

Nov 19, 2018 | ३ मंसिर २०७५


घर बनाएको रकम माग्दा ज्यान मार्ने धम्कीः सिन्धुली वाइसिएल अध्यक्ष प्रहरी फन्दामा


पहिलोपोस्ट

घर बनाएको रकम माग्दा ज्यान मार्ने धम्कीः सिन्धुली वाइसिएल अध्यक्ष प्रहरी फन्दामा

काठमाडौः घर बनाएको रकम माग्दा ठेकेदारलाई धम्की दिएको अभियोगमा प्रहरीले योङ कम्युनिस्ट लिग वाइसिएलका सिन्धुली जिल्ला अध्यक्ष पुष्पराज श्रेठलाई पक्राउ गरेको छ।

महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले धाक धम्की तथा शरीर बन्धकको अभियोगमा श्रेष्ठलाई गत मंगलवार नियन्त्रणमा लिएको महाशाखाका एसएसपी धिरजप्रताव सिंहले जानकारी दिए। सिन्धुलीको कमला माई ५ मारिन घर भई हाल रातो पुल बस्दै आएका श्रेष्ठले ओखलढुङ्गा घर भएका रामबहादुर कटुवाललाई ज्यान मार्ने धम्की दिएका थिए।

श्रेष्ठले घर निर्माणको लागि कटुवाललाई ठेक्का दिएका थिए। घर निर्माणपछि रकम माग्दा जाँदा रकम नदिए धम्की दिएको उजुरी कटुवाले दिएका थिए। अध्यक्ष श्रेष्ठ २०७३ पुस ४ गते पनि गणेशकुमार कुँवरलाई बोलाएर बन्धक बनाइ रकम लुटेको खुल्न आएको छ। श्रेष्ठले कुँवरलाई साथी शुक्रराज तामाङको डेरामा लगेर ५० हजार नगद रुपैयाँ, सुनको औठि, मोबाइल र कुलबहादुर तामाङको नाममा ११ लाख रुपैयाँको चेक काट्न लगाएको देखिएको हो।

घटनामा संलग्न अन्य पाँच जनलाई पनि प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ।



घर बनाएको रकम माग्दा ज्यान मार्ने धम्कीः सिन्धुली वाइसिएल अध्यक्ष प्रहरी फन्दामा को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट