PahiloPost

Nov 19, 2018 | ३ मंसिर २०७५


संसदमा राजपाको प्रश्न : सीके राउतको मान्छे भन्दै झन्डा देखाउनेलाई मार्न पाइन्छ? 


संसदमा राजपाको प्रश्न : सीके राउतको मान्छे भन्दै झन्डा देखाउनेलाई मार्न पाइन्छ? 

काठमाडौं: राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले प्रहरी हिरासतमा मृत्यु भएका राम मनोहर यादवको विषयमा संसद अवरुद्ध गर्ने प्रयास गरेका छन्।

आजको प्रतिनिधि सभा शुरु भएलगतै राजपाका सांसदहरुले उभेर सदन अवरुद्धको प्रयास गरेका थिए। प्रमुख सचेतक लक्ष्मणलाल कर्णले राम मनोहर यादवको घटनाका विषयमा सरकारले जवाफ दिनु पर्ने र संघीय समिति गठन गरिनु पर्ने माग गर्दै संसद अवरुद्धको घोषणा गरेका थिए।

लगतै सभामुख कृष्णबहादुर महराले गृहमन्त्री रामबहादुर थापाले घटना सन्दर्भमा जानकारी गराउने बताएपछि राजपाका सांसदहरू बसेका थिए।

त्यसपछि गृहमन्त्री थापाले राम मनोहर यादवको मृत्यु रोगको कारणबाट भएको बताएका थिए।

गृहमन्त्री थापाको जवाफ चित्त बुझ्दो नभएको भन्दै राजपाले पुनः संसद अवरुद्धको प्रयास गरेको थियो। 

दोस्रो पटक बोल्दै राजपाका प्रमुख सचेतक कर्णले भने,‘गृहमन्त्रीको जवाफ चित्त बुझ्दो भएन। प्रहरी हिरासतमा मृत्यु भएका राम मनोहर यादव सीके राउतको कार्यकर्ता हो भनेर मार्न पाइन्छ?’ 

‘प्रहरी हिरासतमा मान्छे मर्छ। कुन कारणले मरेको भन्ने कुरा पनि सरकारले नभन्ने।’ कर्णले प्रश्न गरे, ‘कालो झन्डा देखाए भने देश विरुद्धको मुद्दा लगाउन पाइन्छ?’ 

सर्वदलीय संसदीय छानबिन समिति गठन नभएसम्म सदन चल्न नदिने जनाएको राजपालाई सभामुख महराले सबै दलसँग छलफल गरी समिति गठनको विषयलाई अगाडि बढाउने बताएपछि राजपाले संसद चल्न दिएको छ।



संसदमा राजपाको प्रश्न : सीके राउतको मान्छे भन्दै झन्डा देखाउनेलाई मार्न पाइन्छ?  को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट