PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

सुत्केरीलाई एक वर्ष विदा : संसदबाट पास



सुत्केरीलाई एक वर्ष विदा : संसदबाट पास

काठमाडौं: अबदेखि सुत्केरीले एक वर्षसम्म बिदा पाउने भएका छन्।

शिक्षा तथा स्वास्थ्य समितिले सुत्केरी महिलाले एक वर्ष वेतलबी बिदा पाउने गरी संसदमा पेश गरेको विधेयक पारित गरेको छ। शुक्रवार उक्त विधेयक पास भएको हो। 

सुरक्षित मातृत्व विधेयकको दफा १३ को उपदफा २ मा  कुनै गर्भवतीलाई बिदा अपूग भएमा चिकित्सकको सल्लाह बमोजिम १ वर्षसम्म वेतलबी बिदा पाइने उल्लेख गरेको छ।

यसअघि गर्भवतीले १ वर्षसम्म बिदा पाइने व्यवस्था थिएन। संसदबाट पारित भएको विधेयक अब राष्ट्रपतिको मा जान्छ। राष्ट्रपतिले प्रमाणित गरेपछि उक्त विधेयक ऐनका रुपमा कार्यान्वयनमा आउने छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell