PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

जम्मु कश्मीरमा मिनीबस दुर्घटना, १५ जनाको मृत्यु



जम्मु कश्मीरमा मिनीबस दुर्घटना, १५ जनाको मृत्यु
फोटो: ANI

किस्टवर : भारतको जम्मु कश्मीर क्षेत्रमा रहेको किस्टवर जिल्लामा एक मिनीबस सडकबाट ३०० मिटर तल खस्दा १५ जनाको मृत्यु भएको छ। 

१३ जना भन्दा बढी घाइते भएको प्रहरी अधिकारीहरुले जानकारी दिएका छन्। घाइतेहरुको हाल स्थानीय अस्पतालमा उपचार भइरहेको छ। बसमा ३० यात्रु रहेका थिए। 

उक्त मिनी बस किस्टवरबाट डनडरानमा गइरहेको बेला चालकले नियन्त्रण गुमाउँदा दुर्घटना हुन पुगेको अधिकारीहरुले बताइएका छन्। 

किस्टवर क्षेत्रमा एक महिनामा भएको यो तेस्रो सवारी दुर्घटना हो। गत अगष्ट २१ मा भएको बस दुर्घटनामा ७ यात्रुको मृत्यु भएको थियो। जम्मु कश्मीर सरकारले मृतक र घाइतेहरुलार्इ क्षतिपूर्ति दिने घोषणा गरिसकेको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell