PahiloPost

Sep 23, 2018 | ७ असोज २०७५

यू-१९ एक दिवसीय सिरिज : नेपालको दोस्रो हार, भारतको 'ए' टिम ८ विकेटले विजयी


पहिलोपोस्ट

यू-१९ एक दिवसीय सिरिज : नेपालको दोस्रो हार, भारतको 'ए' टिम ८ विकेटले विजयी

काठमाडौँ : बीसीसीआईको आयोजनामा लखनउमा भइरहेको यू-१९ क्वाड्राङगुलर एकदिवसीय सिरिजकोमा नेपालले लगातार दोस्रो खेलमा हार बेहोरेको छ।

शुक्रवार भएको खेलमा नेपालले भारतको ए टिमसँग ८ विकेटले पराजित भएको हो।

नेपालले दिएको १५७ रनको लक्ष्य भारतले २४.१ ओभरमा २ विकेट गुमाएर पुरा गर्‍यो। भारतका लागि वाई भि राथोडले नटआउट ५९ रन बनाए। यस्तै कप्तान अनुज रावतले ४७ रनको योगदान गरे भने प्रवसिमरन सिंह ४६ रनमा नटआउट रहे।

नेपालको लागि कमल सिंह ऐरी र पवन सराफले १-१ विकेट लिए।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४५.५ ओभरमा सबै विकेट गुमाएर १५६ रन बनाएको थियो। नेपालको लागि सन्दिप जोराले सर्वाधिक ६६ रन बनाए। सन्दीपकै अर्धशतक तथा ‌ओपनर तृत राज दासको ४६ रन मद्दतमा नेपालले इनिङ्स उकासेको हो।

२३ ओभरमा ३ विकेट गुमाएको अवस्थानमा तृत र सन्दिपले चौथो विकेटका लागि ६९ रनको सेझदारी गरे। तृत आउट भएपछि सन्दिपले पाँचौ विकेटका लागि भिम शार्कीसँग ५१ रनको साझेदारी गरे।

नेपालको लागि सन्दिपले ९३ बल खेल्दै ५ चौका र १ छक्काको मद्दतमा सर्वाधिक ६६ रन बनाए। तृत राजले ४६ तथा भिम शार्कीले २८ रन जोडे। यी तीन बाहेक अन्य खेलाडीले दोहोरो अंक समेत छुन सकेनन्।

नेपाललाई अलआउट गर्न भारतका वाई डी मङ्गवानी र अजय देव गौउडले ४-४ विकेट लिए।

नेपाल पहिलो खेलमा भारतको बी टिमसँग ४० रनले पराजित भएको थियो। नेपालले तेस्रो खेल बगामी आइतवार अफगानिस्तानको ए टिमसँग खेल्नेछ।



यू-१९ एक दिवसीय सिरिज : नेपालको दोस्रो हार, भारतको 'ए' टिम ८ विकेटले विजयी को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट