PahiloPost

Nov 19, 2018 | ३ मंसिर २०७५


वीर अस्पतालको उपकुलपति छनोट प्रक्रियाको विरोध : स्वास्थ्य मन्त्रालय घेराउ


वीर अस्पतालको उपकुलपति छनोट प्रक्रियाको विरोध : स्वास्थ्य मन्त्रालय घेराउ

काठमाडौं: सरकारी चिकित्सक संघ नेपालले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको उपकूलपति छनौंट प्रक्रियामा असहमति जनाउँदै स्वास्थ्य तथा जनसंख्या मन्त्रालय घेराउ गरेको छ।

स्वास्थ्य सेवामा कार्यरत चिकित्सक बाहेकका चिकित्सकलाई प्रतिष्ठानको उपकूलपति बनाउन खोजिएको आशंका गर्दै त्यसविरुद्ध सरकारी चिकित्सक संघले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय घेराउ गरेको हो। स्वास्थ्य सेवामै लागि रहेकाहरुलाई उपकूलपति नियुक्त नगर्ने गरी सरकारले छनौट प्रक्रिया अघि बढाएपछि त्यसको विरोध गर्नु परेको संघका अध्यक्ष डा. दिपेन्द्र पाण्डेले जानकारी दिए।

संघले स्वास्थ्य सेवाका बहालवाला चिकित्सकलाई नै उपलकूलपति नियुक्ती गर्न माग गर्दै उपप्रधानमन्त्री एवम् स्वास्थ्य मन्त्री उपेन्द्र यादवलाई गत आईतवार नै ज्ञापनपत्र बुझाई सकेको छ। मुलुकको एक मात्रै पूरानो सरकारी अस्पताल वीर अस्पतालमा उपकूलपति नियुक्ती गर्ने विषयलाई हल्का रुपमा नलिन पनि संघले सरकारलाई चेतावनी दिँदै आएको छ।

स्वास्थ्य सेवामा कार्यरत चिकित्सकलाई मात्रै उपकूलपति बनाउन गरिएको आग्रह बेवास्ता गरे सरकारविरुद्ध कडा कदम चाल्न बाध्य हुने संघको चेतावनी छ।



वीर अस्पतालको उपकुलपति छनोट प्रक्रियाको विरोध : स्वास्थ्य मन्त्रालय घेराउ को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट