PahiloPost

Nov 19, 2018 | ३ मंसिर २०७५


मदन भण्डारी इन्टरनेशनल फुटबल टुर्नामेन्ट माघ तेस्रो साता हुने, विजेतालाई २५ हजार अमेरिकी डलर


पहिलोपोस्ट

मदन भण्डारी इन्टरनेशनल फुटबल टुर्नामेन्ट माघ तेस्रो साता हुने, विजेतालाई २५ हजार अमेरिकी डलर

काठमाडौँ : मदन भण्डारी  स्पोर्ट्स एकेडेमीको आयोजनामा अन्तर्राष्ट्रिय स्तरको फुटबल टुर्नामेन्ट आयोजना हुने भएको छ।

शुक्रवार एकेडेमीले पत्रकार सम्मेलन गर्दै आगामी माघ ९ देखि १९ गतेसम्म राजधानीमा 'मदन भण्डारी इन्टरनेशनल फुटबल टुर्नामेन्ट २०१९' आयोजना गर्न लागेको जानकारी दिएको हो।

टुर्नामेन्टलाई फिफा र एएफसीबाट मान्यता प्राप्त बनाउनका लागि आवश्यक प्राविधिक सहयोगर्न गर्न एन्फालाई समेत जानकारी गराइसकेको एकेडेमीका अध्यक्ष विनोद श्रेष्ठले बताए।

लिगकम नकआउटका आधारमा सञ्चालन हुने प्रतियोगितामा चार विदेशी टिम र नेपालको 'रातो' र 'निलो' गरी दुई टिमसहित कूल छ टिमलाई सहभागी गराउने आयोजकको भनाई छ।

त्यसका लागि विदेशी टिमसँग समन्वय गर्न पनि एन्फालाई जानकारी गराइसकेको श्रेष्ठले बताए।

सहभागी छ टिमलाई दुई समूहमा विभाजन गरी खेलाइने र प्रतियोगिताको सम्पूर्ण खेलहरु त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा गर्ने तयारी भइरहेको आयोजकले जनाएको छ। तर भूकम्पपछि तीन वर्षयता दशरथ रंगशालाको अवस्था नाजुक छ। राष्ट्रिय खेलकुद परिषदले आगामी समयमै पूर्नर्निमाण कार्य सक्ने भनेपनि काम सुस्त गतीमा भइरहेको छ।

'जनवरीमा प्रतियोगिता हुने भएकोले दशरथ रंगशाला तयार हुनेमा हामी आशावादी छौँ। त्यसो नभएमा विराटनगरको रंगशालालाई वैकल्पिकको रुपमा राखेका छौँ। त्यहाँको मैदान पनि राम्रो छ।' एकेडेमीका अध्यक्ष श्रेष्ठले भने।

प्रतियोगितामा सहभागीताका लागि दक्षिण कोरिया, भुटान, बंगलादेश, भारत, थाइल्याण्ड र चीनलाई एन्फामार्फत पत्राचार गरिसकेको आयोजकले जनाएको छ। 'बजेटले भ्याएसम्म विदेशको ६ टिमनै समावेश गर्ने योजना छ अन्यथा ४ टिमलाई मात्र सहभागी गराउनेछौँ।' श्रेष्ठले भने।

प्रतियोगिताको विजेताले २५ हजार अमेरिकी डलर र उपविजेताले १० हजार अमेरिकी डलर प्राप्त गर्नेछन्। प्रतियोगिता सम्पन्न गर्न १ करोड ५० लाख बजेट लाग्ने एकेडेमीको अनुमान छ।

 



मदन भण्डारी इन्टरनेशनल फुटबल टुर्नामेन्ट माघ तेस्रो साता हुने, विजेतालाई २५ हजार अमेरिकी डलर को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट