PahiloPost

Sep 23, 2018 | ७ असोज २०७५

कर्णालीका मुख्यमन्त्री शाही चीन जाँदै, अन्तराष्ट्रिय सहयोग जुट्ने विश्वास 


कर्णालीका मुख्यमन्त्री शाही चीन जाँदै, अन्तराष्ट्रिय सहयोग जुट्ने विश्वास 

सुर्खेत: कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही पहिलो पटक विदेश भ्रमणमा चीन जान लागेका छन्। प्रदेश सरकार गठन भएपछि आगामी असोज ३ गते पहिलो पटक मुख्यमन्त्री शाहीसहित आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वाला र प्रदेशसभा सदस्य धर्मराज रेग्मी चीन जान लागेका हुन्। 

भ्रमण केन्द्रीय नेतृत्वको टोली सहित सेप्टेम्बर १९ देखि २४ तारिखसम्म हुने छ। 

कर्णालीको विकास र समृद्धिका लागि अन्तर्राष्ट्रिय सहयोग जुटाउन महत्त्वपूर्ण भ्रमण हुने मुख्यमन्त्री शाहीको भनाई छ। कर्णाली प्रदेश र चीनको सिमाना समेत जोडिएकाले सहकार्य र समन्वय आवश्यक रहेकाले यो भ्रमण कर्णालीको लागि निकै लाभदायी हुने दाबी गरे। 

‘यो भ्रमण अन्तर्राष्ट्रिय सहयोग जुटाउन महत्त्वपूर्ण हुने छ,’ उनले भने,‘चीनको सिचुवान प्रान्तका गभर्नरको निमन्त्रणामा जान लागेका हौँ, हामी सँगै केन्द्रका पनि केही व्यक्तिहरू हुनुहुने छ।’ 

विशेष गरी विकासको पूर्वाधार निर्माणका लागि जोड दिने बताउँदै चीनसँग जोडिएका नाकासमेत खोल्न र सञ्चालनमा ल्याउन छलफल हुने छ। त्यस्तै, चीन सरकारले वान बेल्ट वान रोड परियोजना कर्णाली प्रदेशबाटै जोड्ने र प्रदेशको भौतिक पूर्वाधार निर्माणमा चीनको लगानीमा समेत जोड दिइने जनाइएको छ। 



कर्णालीका मुख्यमन्त्री शाही चीन जाँदै, अन्तराष्ट्रिय सहयोग जुट्ने विश्वास  को लागी १ प्रतिक्रिया(हरु)

हिमा [ 2018-09-15 06:26:50 ]
good

   हालसम्म ० जनाले यो प्रतिक्रिया मन पराउनु भयो ।


नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट