PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

'फेक न्युज'बाट सचेत रहन सरोकारवालाहरुको सुझाव



'फेक न्युज'बाट सचेत रहन सरोकारवालाहरुको सुझाव

काठमाडौं: झुट समाचार अर्थात फेक न्युजले पत्रकारिता क्षेत्रलाई नै गम्भीर असर पुर्‍याइरहेको सरोकारवालाहरुले बताएका छन्।

सेन्टर फर मिडिया रिसर्च(सिएमआर)ले आज आयोजना गरेको‘फाइटिङ मिस/डिस इन्फर्मेसन टु स्ट्रेन्थ डेमोक्रेसी' कार्यक्रममा उनीहरुले फेक न्यूजको प्रभाव सत्यतथ्यमा आधारित समाचारभन्दा बढी गतिमा प्रवाह हुने बताए। कार्यक्रममा सहभागी सरोकारवालाले कुनै पक्षको निहित स्वार्थ पूर्ति गर्ने हिसावले परिचालित सञ्चार माध्यमले प्रसारण गर्ने मिथ्या समाचार प्रजातन्त्रका लागि खतरा हुने औंल्याए।

सामाजिक सञ्जाल तथा अनलाइनमा फेक न्युज प्रवाह हुँदा प्रजातान्त्रिक मूल्य मान्यतामा खतरा पर्ने सरोकारवालाहरुको तर्क छ।

प्राध्यापक पी खरेलले फेक न्युजले तत्काल चर्चा बढी पाए पनि दीर्घकालमा त्यसले समाज र सञ्चार गृह आफैलाई हानी गर्ने बताए। त्यस्तै सिएमआरका सचिव तथा पहिलोपोस्ट डटकमका सम्पादक उमेश श्रेष्ठले सामाजिक सञ्जालमा फेक न्यूज चर्चित हुने भएपनि विश्वसनीय नहुने उल्लेख गरे।

सञ्चार माध्यम सधै नकरात्मक समाचारमा मात्र केन्द्रित हुन नहुने त्रिविका राजनीतिशास्त्रका सह-प्राध्यापक दीपक गजुरेलले बताए। फेक न्यूजले सत्य लुकाएर भ्रम फैलाउने भएकाले फेक न्यूजबाट सचेत हुनुपर्ने बताए। त्यस्तै राजनीतिशास्त्रकै प्राध्यापक मिना वैद्यले फेक न्यूज कसैलाई सिध्याउने हतियारको रुपमा प्रयोग भएको बताइन्।

कार्यक्रममा विभिन्न सञ्चार माध्यममा कार्यरत सञ्चारकर्मी सहभागी भएर अन्तरक्रिया गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell