PahiloPost

Nov 19, 2018 | ३ मंसिर २०७५


निर्मलाका बाबुआमाबाट ज्ञापनपत्र बुझ्दै गृहमन्त्रीले भने, 'अनुसन्धान दोषी नजिक पुगिसकेको छ'


निर्मलाका बाबुआमाबाट ज्ञापनपत्र बुझ्दै गृहमन्त्रीले भने, 'अनुसन्धान दोषी नजिक पुगिसकेको छ'

काठमाडौँ: कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार र हत्या भएको महिना दिन बित्दा पनि दोषी पत्ता लागेको छैन। यसबारेमा गृहमन्त्री रामबहादुर थापाले भने अनुसन्धन अपराधीको नजिक पुगिसेकेको बताएका छन्। 

शुक्रवार गृहमन्त्रालयमा निर्मलाका बाबुआमाबाट ज्ञापनपत्र बुझ्दै गृहमन्त्री थापाले अपराधीको नजिक पुगेको जानकारी दिएका हुन्। गृहमन्त्रीलाई उद्धत गर्दै गृहका एक कर्मचारीले भने,' आपराधीको नजिकनजिक पुगेका छौँ। केही दिनमा नै हत्यारा पत्ता लगाइ सार्वजनिक गर्छौँ। सरकार अपराधी छुट्न दिने पक्षमा छैन।'

गृहमन्त्री थापाले अपराधीलाई कानुनको कठघरामा नउभ्याउदासम्म आफूलाई सन्तुष्टि नमिल्ने बताएका थिए। 'अपराधीलाई पत्ता नलगाएसम्म म सन्तुष्ट हुँदैन। झन् म गृहमन्त्री भएको नाताले झनै सन्तुष्टि मिलेको छैन।' गृहमन्त्री थापाले अपराधी जो सुकै भए पनि उन्मुक्ति नपाउने आवश्वासन दिएका थिए।

निर्मलाका बुवा भन्छन् अपराधी पत्ता लाग्छ भन्नेमा ढुक्क छैन

गृहमन्त्री रामबहादुर थापाले अपराधीको नजिक पुगेको जानकारी दिए पनि निर्मलाका बुवा यज्ञराज पन्तले भने आफू शतप्रतिशत ढुक्क हुन नसकेको बताएका छन्। 

गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाएपछि यज्ञराजले भने,' गृहमन्त्री ज्यूले चाँडै नै हत्यारा पत्ता लगाउने आश्वासन दिनुभएको छ। यसभन्दा अगाडि पनि यस्ता आश्वासन नआएका होइनन्। तर अहिलेसम्म अपराधी पत्ता लागेको छैन। त्यसै पूर्ण विश्वस्त भने छैन।'

निर्मलाकी आमा दुर्गाले सरकारले पछिल्लो समय प्रहरीलगायतबाट अनुसन्धान शुरु गरेर राम्रो गरेको बताएकी छिन्। उनले भनिन्,'शुरुबाट नै यसरी अनुसन्धान भएको भए केही पत्ता लाग्न सक्थ्यो होला।'



निर्मलाका बाबुआमाबाट ज्ञापनपत्र बुझ्दै गृहमन्त्रीले भने, 'अनुसन्धान दोषी नजिक पुगिसकेको छ' को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट