PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

साइकल बचाउन खोज्दा पल्टियो बस : दुई जनाको मृत्यु, चार घाइते



पहिलोपोस्ट

साइकल बचाउन खोज्दा पल्टियो बस : दुई जनाको मृत्यु, चार घाइते

  • महेन्द्र बम -
धनगढी : कैलालीको लम्कीचुहा नगरपालिका ३ बल्चौरमा यात्रुवाहक बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। घटनामा परी ४ जना घाइते भएका छन्।
 
प्रहरीका अनुसार दुर्घटनामा परी साइकलमा सवार लम्की चुहा नपा ३ स्थित बल्चौरका १४ वर्षीय अनिल बादीको ज्यान गएको छ। उनलाई बचाउन खोज्दा बस पल्टिएको थियो।
 
बस पल्टिँदा बसमा सवार कंचनपुरको पुर्नवास नगरपालिका वडा नम्बर ३ राम बस्तीका कसरुङ्ग तामाङको समेत ज्यान गएको र थप ४ जना घाइते भएका छन्।

नेपालगञ्जबाट धनगढी आउँदै गरेको से १ ख ११८८ नंम्बरको यात्रुबाहक बस ४ः४० बजे दुर्घटनामा परेको इलाका प्रहरी कार्यालय लम्कीले जनाएको छ।
 
अनिल र कसरुङ्ग दुर्घटनामा घाइते भएपछि उपचारका लागि टीकापुर अस्पताल लगिएको थियो। दुवैको अस्पतालमा ज्यान गएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक पुष्कर चन्दले बताए। अन्य ४ जनाको लम्कीस्थित लालरत्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell