PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

इजरायली कारवाहीमा तीन प्यालेस्टाइनीको मृत्यु



इजरायली कारवाहीमा तीन प्यालेस्टाइनीको मृत्यु
फोटो: AFP

गाजा :  इजरायलले गाजा क्षेत्रमा गरेको आक्रमणमा परी तीन प्यालेस्टाइनीको मृत्यु भएको छ। मृत्यु हुनेमा दुर्इ युवा सहित १२ वर्षे बालक समेत रहेको जनाइएको छ। गाजाको खान युनिस क्षेत्रमा भएको विभिन्न आक्रमणमा उनीहरुको मृत्यु भएको जनाइएको छ। 

सीमा क्षेत्रमा प्यालेस्टाइनीहरुले प्रदर्शन गरिरहेको बेलामा आक्रमण भएको र त्यसबाट ५० जना भन्दा बढी मानिसहरु घाइते भएको जनाइएको छ। 

करिब १३ हजार व्यक्तिहरु प्रदर्शनमा संलग्न भएको र स्थिति नियन्त्रणका लागि कारवाही गर्नुपरेको इजरायली अधिकारीहरुले बताएका छन्। 
गत मार्च महिना देखि गाजा क्षेत्रमा प्यालेस्टाइनीहरुले प्रदर्शन गर्दै आएका छन्।

इजरायलको कारवाहीबाट हालसम्म १७९ प्यालेस्टाइनीहरुको मृत्यु भइसकेको छ। यसै क्रममा इजरायलफ सैनिकको पनि मृत्यु भएको जनाइएको छ। 

हमास विद्रोहीहरुलार्इ नियन्त्रण गर्ने भन्दै इजरायलले सन् २००८ देखि गाजा क्षेत्रमा नाकाबन्दी लगाउनुका साथै सैन्य अपरेसनहरु संचालन गर्दै आएको छ। तर मानव अधिकारवादीहरुले भने इजरायलको कदमबाट २० लाख आम मानिसहरु प्रभावित भएको बताउँदै आएको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell