PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

फिलिपिन्समा 'सुपर टाइफुन मान्गखुट' का कारण दुर्इको मृत्यु, चीनमा सतर्कता



फिलिपिन्समा 'सुपर टाइफुन मान्गखुट' का कारण दुर्इको मृत्यु, चीनमा सतर्कता
फोटो: एएफपी

मानिली: फिलिपिन्सको उत्तरी क्षेत्रमा आएको शक्तिशाली आँधीमा परी दुर्इ जनाको मृत्यु भएको छ। आँधीमा फसिरहेकाहरुको उद्दार गर्ने क्रममा दुर्इ उद्दारकर्मीको मृत्यु भएको जनाइएको छ।  

'सुपर टाइफुन मान्गखुट' नाम दिइएको आँधीका कारण ४० लाखभन्दा बढी मानिस विस्थापित भएका छन्। फिलिपिन्सको राजधानी मानिली लगायतहरु क्षेत्रहरुमा पनि अत्याधिक वर्षा भएको जनाइएको छ। धेरै स्थानमा बाढीपहिरो गएका कारण सडक र हवार्इ मार्ग बन्द भएको छ।
 
प्रतिघण्टा १८५ किलोमिटरका दरले आएको आँधीले लुजोन टापुमा धेरै क्षति गरेको छ। विश्व भूगर्भ संस्थाले 'सुपर टाइफुन मान्गखुट' विश्व भरी यो वर्षमा आएको आँधीहरु मध्ये सबैभन्दा शक्तिशाली आँधी रहेको बताएको छ। फिलिपिन्समा सन् २०१३ मा आएको भयानक ‘सुपर टाइफुन हाइयान’ का कारण सात हजार जनाको मृत्यु भएको थियो भने लाखौं विस्थापित भएका थिए।


टुगुगाराओ शहरका प्राय घरहरु डुबानमा परेको जनाइएको छ। आँधीपछि त्यो क्षेत्रमा विद्युत आपूर्ति अवरुद्ध भएको छ । हजारौँ मानिसहरूलाई सुरक्षित स्थानमा सारिएको छ। आँधीको खतरा मंगलवारसम्म रहने र आँधी विस्तारै चीन तर्फ सर्दै गरेको अधिकारीहरुले बताएका छन्। 

चीनको फुजीयन प्रान्त तर्फ ' सुपर टाइफुन मान्गखुट' आइरहेका कारण अधिकारीहरुले त्यस क्षेत्रमा सतर्कता अपनाउन थालिसकेका छन्। दक्षिण क्षेत्रमा रहेको समुन्द्री क्षेत्रबाट पचास हजार माझी र एघाह्र हजार डुंगाहरु फिर्ता बोलाइएको छ। यस्तै १२८ पर्यटकीय क्षेत्र बन्द गरिएको छ। आइतवार बेलुकीसम्म मान्गखुट चीन प्रवेश गरिसक्ने चीनका मौसम विभागका अधिकारीहरुले बताएका छन्। हाल त्यस क्षेत्रमा अत्याधिक वर्षा भइरहेको बताइएको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell