PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

सुख्खा पहिरोमा परी दुई जनाको मृत्यु, ४ जना घाइते र एक वेपत्ता



पी बी खड्का

सुख्खा पहिरोमा परी दुई जनाको मृत्यु, ४ जना घाइते र एक वेपत्ता

सुर्खेत : सुक्खा पहिरोमा परी हुम्लाको चंखेली गाउँपालिका वडा नम्बर ५ नेक्पामा दुई जनाको मृत्यु भएको छ। शनिवार दिउँसो खसेको पहिरोमा अर्का एक जना वेपत्ता छन् भने चार जना घाइते भएका छन्। पहाड फुटेर खसेको ढुंगाले चंखेली गाउँपालिका वडा नम्बर ५ की २४ वर्षीया वसन्ती तामाङ र १३ वर्षीया अनिता तामाङ्गको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ।
 
पहिरोमा परेका अन्य ४ जना घाइते हुनेहरुमा ११ वर्षीया अस्मिता तामाङ, ९ वर्षीया विनिता तामाङ, ११ वर्षीय हेमन्त तामाङ र ८ वर्षीय युकेश तामाङ परेका छन्। अर्का एक जना बेपत्ता बालिकाको भने नाम खुल्न नसकेको जनाइएको छ। 

घाइतेहरुलाई सिम्रिक एयरको हेलिकोप्टरबाट उद्दार गरी जिल्ला अस्पताल हुम्लामा उपचार भइरहेको प्रहरीको भनाई छ। टाउकोमा चोट लागी गम्भिर घाइते भएका हेमन्त तामाङलाई थप उपचारका लागि नेपालगञ्ज रिफर गरिएको जनाइएको छ।
 
घटनास्थलका अन्य ५ जना बालबालिका भने सकुशल रहेको प्रहरीको भनाई छ। घटनास्थल पुग्न गाउँपालिका केन्द्र देखि ६ घण्टाको पैदल दुरीमा पर्नेगर्छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell