PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

इजरायली सेना र प्यालेस्टाइनी नागरिकहरुबीच झडप: विश्वमा आज



पहिलोपोस्ट

इजरायली सेना र प्यालेस्टाइनी नागरिकहरुबीच झडप: विश्वमा आज

युद्धको त्रास

इजरायली सेना र प्यालेस्टाइनीहरु बीच वेस्ट ब्यांकमा भिषण भिडन्त भएको छ। करिब १३ हजार प्यालेस्टाइनीहरुले सीमा क्षेत्रमा प्रदर्शन गरिरहँदा इजरायली सेनाले उनीहरु विरुद्ध कारवाही गरेको थियो। सेनाले प्रदशर्न गरिरहेकाहरु माथि बम, ग्रीनेड र गोली चलाएको बताइएको छ।प्रदर्शन गरिरहेका तीन जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा २१ वर्षे दुर्इ युवक र १२ वर्षे बालक समेत रहेको जनाइएको छ। २५० जना भन्दा बढी प्रदर्शनकारी घाइते भएको जनाइएको छ। ११ जनालार्इ गोली लागेको र उनीहरुको अवस्था नाजुक रहेको बताइएको छ।

हिजो खान युनिस क्षेत्रमा रहेको सैन्य इलाका नजिकै बिस्फोटक पदार्थ भेटिएको थियो। त्यसैले इजरायली सेनाले हमास लक्षित आक्रमण गरेको अधिकारीहरुले जनाएका छन्। तर, आक्रमणबाट प्रभावित हुनेमा महिनौं प्रदर्शन गरिरहेका आम सर्वसाधरण रहेको बताइएको छ।

गत मार्च महिना देखि गाजा क्षेत्रमा प्यालेस्टाइनीहरुले प्रदर्शन गर्दै आएका छन्। इजरायलको कारवाहीबाट हालसम्म १७९ प्यालेस्टाइनीहरुको मृत्यु भइसकेको छ। यसै क्रममा इजरायलफ सैनिकको पनि मृत्यु भएको जनाइएको छ। 

हमास विद्रोहीहरुलार्इ नियन्त्रण गर्ने भन्दै इजरायलले सन् २००८ देखि गाजा क्षेत्रमा नाकाबन्दी लगाउनुका साथै सैन्य अपरेसनहरु संचालन गर्दै आएको छ। 

विवादास्पद गाजा क्षेत्रमा बस्दै आएका थुप्रै प्यालेस्टाइनीहरुलार्इ पक्राउ गरी इजरायलले हिरासतमा राख्दै आएको छ।  केही महिना अघि मात्र एक इजरायली सैनिकलार्इ थप्पड हानेको आरोपमा छ महिना जेल सजाय सुनाइएकी प्यालेस्टाइनी युवती अहद तमिमिलार्इ रिहा गरिएको थियो। तर इजरायलले उनी र उनका परिवारका सदस्यहरुलार्इ विदेश भ्रमण गर्न रोक लगाएको छ।  

‘फ्लोरेन्स' को प्रहार

अमेरिको पूर्वी सामुद्रिक तटमा आएको ‘फ्लोरेन्स’ नामको शक्तिशाली समुद्री आँधीका कारण पाँच जनाको मृत्यु भएको अधिकारीहरुले बताएका छन्। अमेरिकाको उत्तरी र दक्षिणी केरोलिना र भर्जिनिया आँधीका कारण धेरै प्रभावित भएको छ।मौसम विभागका अधिकारीहरुले १५० किलोमिटर प्रतिघण्टाले आइरहेको आँधीका कारण धेरै स्थानमा ठूलो वर्षा सहित बाढी पहिरो गएको बताएका छन्। उत्तरी केरोलेनाका कतिपय क्षेत्रहरुमा १० फिटसम्म पानी जमेको बताइएको छ। आँधीका प्रभावित क्षेत्रमा रहेका १७ लाखभन्दा धेरै मानिसहरूलाई आफ्नो ठाउँ छोडेर अन्यत्र जान आह्वान गरिए पनि धेरै मान्छे त्यहाँ फसिरहेको हुन सक्ने अनुमान गरिएको छ। लगातारको बर्षाका कारण उद्दारकार्य धेरै प्रभावित भएको बताइएको छ। 

चीन तर्फ 'सुपर टाइफुन मान्गखुट' 

फिलिपिन्सको उत्तरी क्षेत्रमा आएको शक्तिशाली आँधी 'सुपर टाइफुन मान्गखुट' विस्तारै चीन तर्फ सर्दै गरेको अधिकारीहरुले बताएका छन्। आँधी चीनको फुजीयन प्रान्त तर्फ आइरहेका कारण अधिकारीहरुले त्यस क्षेत्र मा सतर्कर्ता अपनाउन थालिसकेका छन्। दक्षिण क्षेत्रमा रहेको समुन्द्री क्षेत्रबाट पचार हजार माछापालक र एघाह्र हजार डुंगाहरु फिर्ता बोलाइएको छ। यस्तै १२८ पर्यटकीय क्षेत्र बन्द गरिएको छ। फिलिपिन्समा आँधीमा परी दुर्इ जनाको मृत्यु भएको छ। आँधीमा फसिरहेकाहरुको उद्दार गर्ने क्रममा दुर्इ उद्दारकर्मीको मृत्यु भएको जनाइएको छ। आँधीका कारण ४० लाखभन्दा बढी मानिसहरू विस्थापित भएका छन्। 

टेक्सासमा चेतावनी

अमेरिकी राज्य टेक्सासमा पनि अविरल वर्षा सँगै आएको बाढी पहिरोका कारण धेरै क्षेत्रहरु प्रभावित भएको जनाइएको छ। टेक्सासका गभर्नर जर्ज अबोटले राज्यका ७८ काउन्टीलाई प्रकोप प्रभावित घोषणा गरेका छन्। मौसम विभागका अधिकारीहरुले आँधीको सम्भावना रहेको चेतावनी दिँदै सतर्कता अपनाउन आग्रह गरेका छन्। 


पानीजहाज दुर्घटना

इन्डोनेसियाको मध्यभागमा पर्ने सुलावेसी प्रान्तमा शुक्रबार भएको पानी जहाज दुर्घटनामा परी १० जनाको मृत्यु भएको छ। दुर्घटनामा परेका अरु १२६ जनालाई भने सकुशल उद्धार गरिएको सरकारी अधिकारीले जानकारी दिएका छन्। ‘केएम फुङका पेर्माटा’ नामक पानी जहाज दक्षिणी पूर्वीसुलवेसीको बाउबाउबाट बनगाई भन्ने ठाउँतर्फ गइरहेको बेला मध्यइन्डोनेसियाको सागुमा दुर्घटना भएको हो। 

तस्विर: AP/AFP/XINHUA/BBC/CNN/RSS



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell