PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

जापानसँग ऐतिहासिक शान्तिवार्ता गर्न पुटिनको प्रस्ताव



जापानसँग ऐतिहासिक शान्तिवार्ता गर्न पुटिनको प्रस्ताव
फाइल फोटो: Reuters

मस्को: रूस र जापानबीच ‘कुनै पूर्वशर्त विना’ नै ऐतिहासिक शान्तिवार्ता गरेर दोस्रो विश्वयुद्धदेखिको मनमुटाबलाई अन्त्य गर्नुपर्ने मस्कोले प्रस्ताव गरेको छ। 

रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले जापान र रूसको सीमा क्षेत्रमा जमिनको बिषयलाई लिएर लामो समयदेखि विवाद भएको भन्दै यसलाई वार्ताका माध्यमबाट समाधान गर्नुपर्ने नयाँ प्रस्ताव गरेका हुन्। 

यदि दुई मुलुकबीच सम्झौता भएमा रूस र जापानको सीमा क्षेत्रमा रहेको कुरिल टापूको विवाद पनि समाधान हुने अल जजिराले जनाएको छ। दोस्रो विश्व युद्धको अन्त्यपछि जापान र रूसबीच ठूला विवाद नदेखिए पनि दुर्भाग्यबस उनीहरूबीच कुनै सम्झौता भने हुन सकेको छैन। 

'मैले एउटा उपाय सोचेको छु। यो बर्षको अन्त्य पहिले हामीले कुनै पूर्व शर्तविना शान्ति वार्ता गर्नुपर्छ', रूसको पूर्वी शहर भ्लादिभोस्तोकमा भएको आर्थिक फोरममा रूसी राष्ट्रपतिले भनेको पुटिनलाई उद्धृत गरी अलजजिराले उल्लेख गरेको छ। 

पुटिनको प्रस्तावमा जापानी प्रधानमन्त्री सिन्जो आवेले कुनै प्रतिक्रिया भने नदिनुभएको अल जजिराले बताएको छ। 

तर जापानको मन्त्रीमण्डलका पूर्व मुख्य सचिव योसिहिदे सुगाले भने सम्झौता गर्नु पहिले रूस र जापानबीच रहँदै आएका जमिन सम्बन्धी विवादलाई टुङ्गाउनुपर्ने बताएका छन्। 

पुटिन र आवेबीच भौगोलिक सीमानाका बिषयमा यस पहिले पटक पटक छलफल भए पनि ती बैठकहरू विवाद अन्त्य गर्न असफल सिद्ध भएका थिए। रासस-एएनआई



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell