PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

'सुपर टाइफुन मान्गखुट' चीन प्रवेश गर्दै, फिलिपिन्समा २५ को मृत्यु 



'सुपर टाइफुन मान्गखुट' चीन प्रवेश गर्दै, फिलिपिन्समा २५ को मृत्यु 
फोटो:एएफपी

मानिली: फिलिपिन्सको उत्तरी क्षेत्रमा शक्तिशाली आँधीमा कारण मृत्यु हुनेको संख्या २५ पुगेको छ। आँधीका कारण सडक र हवार्इ सेवाहरु बन्द भएकाले ग्रामिण क्षेत्रमा भएको मानवीय र भौतिक क्षतिको बारेमा अझै आधिकारिक तथ्यांक बाहिर आउन सकेको छैन। 

प्रतिघण्टा १८५ किलोमिटरका दरले आएको  'सुपर टाइफुन मान्गखुट' आँधीले लुजोन टापुमा धेरै क्षति गरेको छ। फिलिपिन्समा कहर मचाएको यो आँधीका कारण ४० लाखभन्दा बढी मानिस विस्थापित भएका छन्। त्यस क्षेत्रमा रहेका प्राय सबै घरहरुमा क्षति पुगेको बताइएको छ।

अधिकारीहरुले आँधीका कारण ४२ वटा पहिरो जानुका साथै धेरै स्थानमा बाढी गएको बताएका छन्। उद्दारकार्य जारी रहेको बताइए पनि बाटोहरु बन्द भएकाले उद्दारकार्यमा केही समस्या आएको बताइएको छ। हिजो मात्र फसिरहेका व्यक्तिहरुले उद्दार गर्ने क्रममा दुर्इ उद्दारकर्मीहरुको मृत्यु भएको थियो। 



चीनमा सतर्कता

विस्तारै यो आँधी पश्चिम क्षेत्र हुँदै चीन तर्फ अघि बढिरहेको छ। त्यसैले चीनको फुजीयन प्रान्त तर्फ आँधी आइरहेका कारण अधिकारीहरुले त्यस क्षेत्रमा सतर्कता अपनाउन थालिसकेका छन्। यस्तै यो आँधीले हङकङमा समेत धेरै प्रभाव पार्ने बताइएको छ।

हिजो दक्षिण क्षेत्रमा रहेको समुन्द्री क्षेत्रबाट पचास हजार माझी र एघाह्र हजार डुंगाहरु फिर्ता बोलाइएको थियो। यस्तै १२८ पर्यटकीय क्षेत्र बन्द गरिएको थियो। आइतवार बेलुकीसम्म मान्गखुट चीन प्रवेश गरिसक्ने चीनका मौसम विभागका अधिकारीहरुले बताएका छन्। हाल त्यस क्षेत्रमा अत्याधिक वर्षा भइरहेको बताइएको छ। 

चिनियाँ अधिकारीहरुले त्यस क्षेत्रमा बसोबास गदै आएका मानिसहरुलार्इ सावधानी अपनाउन र सुरक्षित स्थानमा जना आग्रह गरिसकेको छ। 
आँधीको वेग कम हुँदै चीन तर्फ सर्दै गएपनि खतरा अझै रहेको फिलिपिन्सका मौसम विभागका अधिकारीहरुले जनाएका छन्। 

विश्व भूगर्भ संस्थाले 'सुपर टाइफुन मान्गखुट' विश्व भरी यो वर्षमा आएको आँधीहरु मध्ये सबैभन्दा शक्तिशाली आँधी रहेको बताएको छ।

फिलिपिन्समा सन् २०१३ मा आएको भयानक ‘सुपर टाइफुन हाइयान’ का कारण सात हजार जनाको मृत्यु भएको थियो भने लाखौं विस्थापित भएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell