PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

चितवन-काठमाडौं बुलेट ट्रेन परियोजनाको सुझाव



पहिलोपोस्ट

चितवन-काठमाडौं बुलेट ट्रेन परियोजनाको सुझाव
Sketch : Liu Rui/Global Times

काठमाडौं : नेपाल उद्योग परिसंघ (सिएनआइ) का अध्यक्ष हरिभक्त शर्माले चितवन-काठमाडौं 'बुलेट ट्रेन' परियोजना अगाडि बढाउन सुझाव दिएका छन्।

प्रदेशन नम्बर ३ का मूख्यमन्त्री लगायतसँगको अन्तर्कृया कार्यक्रममा शर्माले बुलेट ट्रेनको प्रस्ताव गरेका हुन्। सिएनआइले आइतबार  प्रदेश नम्बर ३ को आर्थिक समृद्धिको मार्गचित्र भन्दै आयोजना गरेको कार्यक्रममा शर्माले समृद्धिको खाका कोर्न बुलेट ट्रेन बनाउनु पर्ने सुझाव दिएका हुन्।

उनले आगामी पाँच बर्षभित्र प्रदेश ३ को प्रति ब्यक्ति आय ४ हजार डलर बनाउने गरी काम गर्न पनि सुझाव दिएका छन्। अहिले देशको प्रति ब्यक्ति आय १००४ डलर छ। प्रदेश ३ को आय १५३४ डलर छ। शर्माले यसलाई ४ हजार डलर पुर्याउने गरी काम गर्न आग्रह गरेका छन्।

'लगानी बृद्धि नगरी आर्थिक बृद्धि हुँदैन। प्रति ब्यक्ति आय बढाउने गरी काम गर्ने वातावरण तयार पारिदिनुस् हामी उद्यमी त्यसमा सघाउन तयार छौं' उनले भने। 

उनले चितवनमा 'वर्ल्ड क्लास हाइटेक इन्ड्रस्ट्रियल पार्क' बनाउन पनि सुझाव दिए। केन्द्र सरकारले शक्तिखोरमा बनाउँछु भनेको पार्क प्रदेश सरकारले माग्न सुझाव दिए। उनले त्यहाँ प्राविधिक विश्वविद्यालय पनि खोल्न सुझाव दिएका छन्।

कार्यक्रममा मूख्यमन्त्री डोरमणि पौडेल, ३ नम्बर योजना आयोगका उपाध्यक्ष डा. खिमलाल देवकोटा, राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. शंकर शर्मालगायतले प्रदेशको संभावना र चुनौतीका बारेमा भनाइ राखेका थिए।कर शर्माले प्रदेश ३ को विकास लागि 'भ्यालु एड' गर्न सकिने कृषिमा लगानी गर्न आग्रह गर्दै पर्यटन पुर्वाधारमा काम गर्न सुझाव दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell