PahiloPost

Oct 18, 2018 | १ कात्तिक २०७५


हिउँ र समुद्री सतहको अध्ययन गर्न नासाको लेजर उपग्रह प्रक्षेपण


हिउँ र समुद्री सतहको अध्ययन गर्न नासाको लेजर उपग्रह प्रक्षेपण
फोटो: नासा

लस एन्जलस: अमेरिकी अन्तरिक्ष विज्ञान संस्था (नासा) ले पृथ्वीको सतहबाट हिउँ पग्लनेक्रम र समुद्री सतहको उचाइमा भइरहेको वृद्धिका सम्बन्धमा अध्ययन गर्न अत्याधुनिक लेजर उपग्रह प्रक्षेपण गरेको छ। 

करिब १ अर्ब अमेरिकी डलरको यो उपग्रह क्यालिफोर्नियास्थित भान्डेनबर्ग हवाई अखडाबाट शनिबार प्रक्षेपण गरिएको हो। 

करिब आधा टन भारबहन क्षमताको आइसस्याट-२ नामको उपग्रहले खासगरी ध्रुवीय क्षेत्रको हिउँको अवस्थाबारे अध्ययन गर्ने नासाले जनाएको छ।

यसअघि सन् २००३ मा प्रक्षेपण गरिएको आइसस्याटको समयावधि सन् २००९ मा समाप्त भएको थियो। पहिलो मिसनले समुद्रको हिउँको पत्र पातलिँदै गएको र ग्रीनल्यान्ड तथा अन्टार्कटिकाको तटीय क्षेत्रबाट हिउँको पत्र हराउँदै गएको पत्ता लगाएको थियो। 

तर पछिल्ला नौ वर्षमा अपरेशन आइसब्रीज नामको हवाई अभियान सञ्चालनमा थियो। यी हवाईजहाज उत्तरी र दक्षिणी ध्रुवको माथि उडाइएको थियो र यसबाट बदलिँदो हिउँको उचाइ मापन गरिन्थ्यो। 

तर नवीनतम प्रविधिका साथ अन्तरिक्षबाट लिइने तस्वीर र जानकारी बढी यथार्थपरक हुनेछ। 

नयाँ लेजरले एक सेकेन्डमा १० हजार पटक तस्वीर लिन सक्दछ जबकी पहिलो मिसनमा समाविष्ट आइसस्याटले प्रति सेकेन्ड ४० पटक मात्र फायर गर्दथ्यो। 

यो अन्तरिक्ष अभियान तीन वर्ष चल्नेछ तर यसमा १० वर्षका लागि पुग्ने इन्धनको व्यवस्था गरिएको छ। यदि व्यवस्थापनले यसलाई अझ लामो अवधिसम्म प्रयोग गर्न चाह्यो भने अवधि बढाउन सकिनेछ। रासस/एएफपी



हिउँ र समुद्री सतहको अध्ययन गर्न नासाको लेजर उपग्रह प्रक्षेपण को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट