PahiloPost

Apr 17, 2024 | ५ बैशाख २०८१

फिलिपिन्समा विध्वंश मच्चाएको आँधी चीन छिर्‍यो, 'फ्लोरेन्स'को प्रहार कायमै : विश्वमा आज



पहिलोपोस्ट

फिलिपिन्समा विध्वंश मच्चाएको आँधी चीन छिर्‍यो, 'फ्लोरेन्स'को प्रहार कायमै : विश्वमा आज

'सुपर टाइफुन मान्गखुट' संकट

फिलिपिन्समा कहर मचाएको  'सुपर टाइफुन मान्गखुट' आँधी चीन प्रवेश गरेको छ। यसबाट हङकङ, गवाङडंगका साथै र उत्तरी क्षेत्र नराम्ररी प्रभावित भएका छन्। कयौं क्षेत्रहरु डुबानमा परेका अधिकारीहरुले बताएका छन्। त्यहाँ बाढी र पहिरोको जोखिम उच्च रहेको जनाइएको छ। चिनियाँ अधिकारीहरुले त्यस क्षेत्रमा बसोबास गदै आएका मानिसहरुलार्इ सावधानी अपनाउन र सुरक्षित स्थानमा जना आग्रह गरेको छ।

फिलिपिन्सको उत्तरी क्षेत्रमा उक्त शक्तिशाली आँधीका कारण मृत्यु हुनेको संख्या ५० पुगेको छ। आँधीका कारण सडक र हवार्इ सेवाहरु बन्द भएकाले ग्रामिण क्षेत्रमा भएको मानवीय र भौतिक क्षतिको बारेमा अझै आधिकारिक तथ्यांक बाहिर आउन सकेको छैन। आँधीका कारण ४० लाखभन्दा बढी मानिस विस्थापित भएका छन्। अधिकारीहरुले आँधीका कारण ४२ वटा पहिरो जानुका साथै धेरै स्थानमा बाढी गएको बताएका छन्। उद्दारकार्य जारी रहेको बताइए पनि बाटोहरु बन्द भएकाले उद्दारकार्यमा केही समस्या आएको बताइएको छ। आँधी चीन प्रवेश गरेपनि खतरा कायम रहेकोकाले सबैलार्इ सचेत रहन भनिएको छ।

'फ्लोरेन्स'को प्रहार

अमेरिकाका उत्तर र दक्षिण केरोलिना राज्यमा आएको शक्तिशाली 'फ्लोरेन्स'आँधीका कारण १२ जनाको मृत्यु भएको छ। उक्त आँधी बिस्तारै पश्चिमतर्फ बढिरहेको मौसम विभागका अधिकारीहरूले बताएका छन्। आँधीका कारण कैयौँ शहरमा बाढी आएको छ र सडकहरू जलमग्न भएका छन्। धेरै स्थानमा पहिरोको खतरा रहेको बताइएको छ। फ्लोरेन्स आँधीको गति बिस्तारै कमजोर हुँदै गए पनि त्यसको खतरा कायम रहेकाले  प्रभावित क्षेत्रमा रहेकाहरुलार्इ सावधानी अपनाउन आग्रह गरिएको छ।

रसियाको प्रस्ताव

रसिया र जापानबीच मनमुटाव बढ्दै गएका बेला रसियाका राष्ट्रपति भ्लादिमिर पुटिनले विनासर्त ऐतिहासिक शान्ति वार्ता गर्न जापानसँग प्रस्ताव गरेका छन्।  पुटिनले  रुस र जापानबीच दोस्रो विश्वयुद्धदेखि जारी मनमुटावलाई अन्त्य गर्नुका साथै दुर्इ देशबीच सीमा क्षेत्रमा जमिनको विषयलाई लिएर लामो समयदेखि जारी विवाद वार्ताका माध्यमबाट समाधान गर्नुपर्ने नयाँ प्रस्ताव गरेको बताइएको छ ।


पाकिस्तानमा रेल दुर्घटनामा


पाकिस्तानको पूर्वी प्रान्त पञ्जाबमा रेल दुर्घटना हुँदा २० जना घाइते भएका छन् ।कुशल खान रेल कम्पनीको रेलका आठ डब्बा पञ्जावको एटक जिल्लाको सोहान पुल-माखन्द स्टेशनबीचको क्षेत्रमा लिकबाट बाहिरिँदा दुर्घटना भएको पाकिस्तान रेल सेवाका केन्द्रिय प्रवक्ताले बताए । घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेकोले आइसीयुमा राखी उपचार भइरहेको जनाइएको छ ।

जेलबाट दर्जनौं कैदी फरार

म्यानमारको एक जेलमा रहेका दर्जनौं कैदीहरु जेल तोडेर भागेका छन्। आइतबार बिहान कारेन राज्यको हा-आन कारागारका कैदीहरुले एउटा ट्रक नियन्त्रणमा लिई जेलको ढोका फोडेर भागेको अधिकारीहरुले बताएका छन्। अधिकारीहरुका अनुसार कैदीहरुको आक्रमणबाट जेलर घाइते भएका थिए। जेलबाट ४१ जना कैदीहरु भागेकोमा प्रहरीले तीन जनालाई पुनः प्रक्राउ गर्न गरेको छ।


तोग्बेको दल बाहिरियो

भुटानका निवर्तमान प्रधानमन्त्री छिरिङ तोग्बेको दल 'पिपुल्स डेमोक्रयाटिक पार्टी (पीडीपी) ' संसदीय चुनावको पहिलो चरणबाटै बाहिरएको छ। भारतपरस्त प्रधानमन्त्रीको रूपमा चिनिएका तोग्वेलार्इ दिल्लीले पुनः प्रधानमन्त्रीको रूपमा चाहेको थियो। तर, यसपटक उनको दललार्इ भुटानका मतदाताले संसदबाहिरै सीमित गरिदिएका छन्। पीडीपी तेस्रो स्थानमा रहँदै संसद प्रवेश गर्ने दौडबाट बाहिरिएको हो।
ड्रुक न्यमनरुप शोगपा 'डीएनटी' र ड्रुक फुन्सुम शोगपा 'डीटीपी' पहिलो र दोस्रो हुँदै अघिल्लो चरणमा प्रवेश गरेका छन्। आगामी अक्टुवर १८ गते हुने दोस्रो चरणको निर्वाचनमा यी दुर्इ दलबीच प्रतिस्पर्धा हुनेछ।

तस्विर:AP/AFP/XINHUA/SPUTNIK/REUTERS/KUENSEL



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell