PahiloPost

Apr 23, 2024 | ११ बैशाख २०८१

खतरनाक मानसिक रोग 'सिजोफ्रेनिया'का भ्रम र यथार्थ



पहिलोपोस्ट

खतरनाक मानसिक रोग 'सिजोफ्रेनिया'का भ्रम र यथार्थ

साइक्याट्रिकहरु भन्ने गर्छन्, 'सबैभन्दा डरलाग्दा, खतरनाक मानसिक रोगीहरू त तथाकथित पोलिटिसियन्स र धर्मगुरु हुन्। जसको उपचार नर्कमा मात्र सम्भव छ।'

मुभी स्टार होस् या पोलिटिसियन। साहित्यकार होस् या विजनेशम्यान, मानसिक रोगले कसैलाई छोड्दैन। यदि उनीहरूले आफ्नो जीवनशैली व्यस्थित बनाउन सकेनन् भने। 

मानसिक रोग बेलैमा उपचार नगरे अत्यन्तै खतरनाक हुन्छ। कतिपय मानसिक रोग उपचार गर्दासम्म लामो समयसम्म रहिरहन्छ। 'सिजोफ्रेनिया' त्यही मध्येको एक हो।

सिजोफ्रेनिया लामो समयसम्म रही रहने गम्भीर मानसिक रोग हो। मानिसको सोच्ने, अनुभव गर्ने क्षमतामा ह्रास ल्याई व्यवहारमा परिवर्तन ल्याउनु नै सिजोफ्रेनियाको चरित्र हो। यसको सही उपचार पत्ता लगाउन नसके पनि वैज्ञानिकहरू त्यसको उपाय खोज्दैछन्।

 

किन हुन्छ सिजोफ्रेनिया?

सिजोफ्रेनिया जटिल रोग हो। मानिसको जीवनमा हुने धेरै घटनाले पनि यसमा प्रभाव पार्न सक्छ। मानिसको 'जिन'लाई यसले प्रभाव पार्छ। कहिलेकाहीँ यो रोग परिवारका धेरै सदस्यहरूमा देख्न सकिन्छ। तर, 'जिन'ले मात्र त्यसलार्इ प्रभाव पारेको हुँदैन। सिजोफ्रेनिया भएका केही व्यक्तिका परिवारका कुनै सदस्यलार्इ त्यो रोग नलागेको हुनसक्छ।

'जिन'हरुका कारण सिजोफ्रेनिया हुने सम्भावना भए पनि मुख्य कारण यो मात्र हैन। गर्भवती हुँदा सङ्क्रमण, तनाव, जटिलता र उच्च रक्तचाप हुनुले सन्तानलार्इ पनि सिजोफ्रेनिया हुने सम्भावना हुनसक्छ। तर, त्यो निश्चित हुँदैन।

गर्भवती हुँदा डिप्रेसन वा अरू तनावपूर्ण अवस्थाले पनि केही भूमिका खेल्छ। गर्भवती हुँदा मृत्यु वा कुनै त्रासदी पूर्ण वातावरणको अनुभव गरेका महिलाहरुका सन्तानमा सिजोफ्रेनियाको खतरा हुन्छ। बाल्य अवस्थामा मस्तिष्कमा चोट परेका, यौन दुर्व्यवहार वा डरलाग्दो अवस्थाको अनुभव भएकाहरुलार्इ 'सिजोफ्रेनिया' हुन सक्ने जोखिम हुन्छ।

१६ वर्षभन्दा कम उमेरमा कुनै प्रकारको दुर्घटना अनुभव गरेकाहरूमा मानसिक रोग हुने सम्भावना तीन गुणले बढ्छ। दुर्घटना धेरै गम्भीर भएमा ५० गुणाले बढ्छ। गाँजा लगायत अन्य ड्रग्सहरुको निरन्तर प्रयोग गर्नेहरू पनि सिजोफ्रेनियाको जोखिममा रहन्छन्।

 

कसरी बच्ने?

कतिपय अवस्थामा परिवारमा नै सिजोफ्रेनिया हुन्छ।यस्तो अवस्थामा ड्रग्सहरु सेवन गर्नु हुन्न। मादक पदार्थ पनि एक प्रकारको ड्रग नै हो भन्ने भुल्नु हुँदैन।

जटिल सम्बन्धमा बाँधिएकाहरुले तत्कालै चिकित्सकको सल्लाह लिनुपर्छ। जटिल सम्बन्ध पनि सिजोफ्रेनियाको कारक हो। त्यस्तै समाजमा घुलमिल भए निराशा कम हुन्छ। एक्लोपन महसुस हुन्न।

समाजमा घुलमिल भएर आत्मबल बढ्न सक्छ। यसबाट निराशा कम हुन सक्छ। एक्लोपन महसुस हुने सम्भावना हुँदैन। एक्लोपनले पनि सिजोफ्रेनिया जोखिम बढाउँछ। शरीरको हेरचाह धेरै रोगबाट बच्ने महत्त्वपूर्ण आधार हो। सामान्य कारणले कहिलेकाहीँ ठूलो चोट लाग्न सक्छ।  विशेषगरि मस्तिष्कलाई चोट लाग्नबाट बचाउनुपर्छ। मस्तिष्क चोट पनि सिजोफ्रेनियाको कारण बन्न सक्छ। गर्भवती महिलाले आफ्नो मानसिक र शारीरिक स्वास्थ्यका बारेमा सचेत भए सिजोफ्रेनियाले छुँदैन्। 

आफूमा मानसिक समस्या भएको जस्तो लागे मनोचिकित्सकसँग परामर्श गर्नुपर्छ। मनोचिकित्सकले मानिसको व्यवहारबाट सिजोफ्रेनिया भएको छ या छैन पत्ता लगाउन सक्छन्। मनोचिकित्सक थेरापीबाट व्यक्तिको दैनिक, सामाजिक कार्यमा नकारात्मक प्रभाव कम हुन सक्छ। मनोचिकित्सकले नकारात्मक भाव वा विचारहरू थाहा पाएर त्यस्ता समस्याको निराकरण गर्छन्।

सिजोफ्रेनिया सरुवा रोग हैन। सिजोफ्रेनिया भएका ८० प्रतिशत व्यक्तिका परिवारका सदस्यहरूमा यसले छोएको देखिन्न।

 

सिजोफ्रेनियाका भ्रम र यथार्थ

सिजोफ्रेनियाका बारेमा धेरै भ्रमहरू रहेका छन्। चलचित्र र टेलिभिजन कार्यक्रमहरूले यसको बारेमा भ्रम छरेका हुन्छन्।


'मल्टिपल डिसअर्डर' बहु व्यक्तित्व चरित्र हुने भनार्इ

सिजोफ्रेनिया सम्बन्धी यो सबैभन्दा ठूलो भ्रम हो। सिजोफ्रेनिया भएकाहरूमा दुर्इ व्यक्तिको चरित्र हुँदैन। यसको सट्टा उनीहरूमा गलत विचार आउने र वास्तविकताबाट टाढा रहने गर्छन्। उनीहरूमा 'मल्टिपल पर्सानालिटी' हुँदैन।


सिजोफ्रेनिया भएकाहरू हिंस्रक र भयानक हुन्छन्

चलचित्र र टेलिभिजन कार्यक्रमहरूमा सिजोफ्रेनिया भएकाहरुलार्इ हत्याराको रूपमा प्रस्तुत गरिन्छ। तर, वास्तविकतामा त्यस्तो हुँदैन। सिजोफ्रेनिया भएकाहरूले कहिलेकाहीँ अप्रत्याशित व्यवहार गर्छन्। उनीहरूले उपचार गरिरहेका बेला हिंस्रक वा भयानक हुँदैनन्।

जब मानिसहरुलार्इ मस्तिष्क सम्बन्धी रोगले सताउँछ, तब मात्र उनीहरू हिंस्रक व्यवहार गर्छन्। प्राय उनीहरूमा बाल्य अवस्थामा देखिने समस्याका कारण कूलतमा फस्छन्।


नराम्रो अभिभावकत्वको प्ररिणाम

यसका लागि प्राय आमाहरुलार्इ दोष दिने गरिन्छ। तर सेजोफ्रेनिया एक प्रकारको मानसिक रोग हो। जिन, ट्रमा र ड्रग्सहरुको प्रयोग यसका कारण हुनसक्छ। अभिभावकका रूपमा तपार्इँले गरेको गल्तीले बच्चाहरू यस्तो अवस्थामा पुग्दैनन्।


सेजोफ्रेनिया भएका अभिभावक भए, त्यो रोग लाग्न सक्ने

'जिन'ले केही भूमिका खेल्दैन। अभिभावकलार्इ यो मानसिक रोग भयो भन्दैमा सन्तानलार्इ हुन्छ भन्ने छैन। एक अभिभावकलार्इ सिजोफ्रेनिया भएमा सन्तानलार्इ त्यो रोग लाग्ने सम्भावना १० प्रतिशत मात्र हुन्छ। परिवारमा एकभन्दा बढीलार्इ यो रोग लागेका त्यसको संक्रमण हुने सम्भावना बढ्छ।


सिजोफ्रेनिया भएका 'स्मार्ट' हुँदैनन्

केही अनुसन्धानले यो रोग लागेकाहरुलार्इ मानसिक रूपमा गर्नुपर्ने कार्य गर्न गाह्रो हुने देखाएको छ। जस्तै: पढ्न, एकाग्रह हुन, स्मरण गर्न गाह्रो हुने। त्यसको मतलब उनीहरु वुद्धिमान हुँदैनन् भन्ने होइन।

विश्वमा सिजोफ्रेनिया भएका धेरै मानिसहरु रचनात्मक र स्मार्ट रहेको देखिँदै आएका छन्। उदाहरणका लागि रसियन ब्यालेट डान्सर भासलाभ निजिन्सकी र नोबेल पुरस्कार विजेता जोन नास।

वैज्ञानिकहरूले 'साइकोसिस' र 'क्रिएटिभिटी' को जीनसँगका सम्बन्धका बारेमा अनुसन्धान गर्दैछन्।


'सिजोफ्रेनिया' भएमा मानसिक अस्पतालमा बस्नपर्छ

कुनै समयमा मानसिक रोग भएका व्यक्तिहरुलार्इ 'एसाइलम' वा जेलमा समेत राख्ने गरिन्थ्यो। तर, विज्ञहरूले यसबारे नयाँ तथ्यहरू फेला परेका छन्। थोरै व्यक्तिहरुलार्इ मात्र लामो समयसम्म मानसिक उपचार गराउनु पर्ने हुन्छ। सिजोफ्रेनिया भएका धेरै मानिसहरू परिवारसँगै बस्छन्।


सिजोफ्रेनिया भए काम गर्न सकिँदैन

सिजोफ्रेनियाका कारण जागिरमा नियमित काम गर्न केही समस्या आउन सक्छ। तर सही उपचार गरेका त्यसबाट प्रभावित व्यक्तिहरूले आफ्नो दक्षता अनुसार काम गर्न सक्छन्।


सिजोफ्रेनियाले मानिसलार्इ अल्छी बनाउँछ

सिजोफ्रेनियाबाट पीडित व्यक्तिहरुलार्इ दैनिक गतिविधि गर्न गाह्रो हुन्छ। जस्तै: नुहाउन, लुगा लगाउन। तर, यसको अर्थ यो होइन कि उनीहरू अल्छी हुन्छन्। उनीहरुलार्इ दैनिक गतिविधिका लागि सहयोग चाहिन्छ।


सिजोफ्रेनियाबाट मुक्ति पाउन सकिँदैन

सिजोफ्रेनियाको उपचार गर्न गाह्रो छ। तर, यो सम्भव नै नभएको भने होइन। ठिक औषधि वा थेरापीबाट यो रोग लागेका २५ प्रतिशत व्यक्तिहरू पूर्णरूपले निको हुन सक्छन्। ५० प्रतिशतमा केही सुधार देखिएको छ। रोगको उपचार गरेमा उनीहरू स्वस्थ रूपले जीवनयापन गर्न सक्छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell