PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

इराकी आप्रवासी चढेको डुंगा डुब्दा दुई जनाको मृत्यु



इराकी आप्रवासी चढेको डुंगा डुब्दा दुई जनाको मृत्यु
फाइल फोटो: GETTY

अंकरा : टर्कीको दक्षिण पश्चिम तटीय इलाकामा इराकी आप्रवासी चढेको डुंगा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा दुवैजना महिला रहेका छन्।
 
प्रहरीका अनुसार डुंगामा सवार आठ जना बालबालिका सहित अन्य १६ जनाको सकुसल उद्दार गरिएको छ। उद्दारकर्मीले १५ जना इराकी र एकजना सिरियाली नागरिकलाई उद्दार गरेको तटीय सुरक्षागार्डले जनाएका छन्।  उक्त डुंगा ग्रीसतर्फ गइरहेको बताइएको छ। 

टर्की हाल विश्वमै सबैभन्दा बढी शरणार्थीलाई आश्रय दिने मुलुक हो। त्यहाँ हाल ३० लाख सिरियाली र तीन लाख इराकी शरणार्थी छन् । इराक, सिरियाजस्ता मुलुकमा जारी युद्धबाट पलायन हुने ठूलो समूह टर्कीको बाटो हुँदै युरोप जाने गर्दछ। रासस/एएफपी



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell