PahiloPost

Apr 18, 2024 | ६ बैशाख २०८१

ट्रयाक्टरको ट्रलीमा च्यापिँदा २२ वर्षे युवकको गयो ज्यान



एम बम

ट्रयाक्टरको ट्रलीमा च्यापिँदा २२ वर्षे युवकको गयो ज्यान

कैलाली : कैलालीको गोदावरी नगरपालिका – ४ बुढीतोलामा ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ। बुढीतोलाबाट अत्तरियातर्फ आउँदै गरेको से १ त ८९२२ नम्बरको ट्रयाक्टर आज करिब साढे चार बजे पल्टिँदा ट्रलीले च्यापिएर गोदावरी नगरपालिका – २ तेघरीका २२ वर्षीय कविराज जोशीको मृत्यु भएको हो। 

ट्रलीमा बसेका जोशीको घटनास्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय अत्तरियाले जनाएको छ। दुर्घटनापछि चालक फरार रहेको प्रहरीले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell