PahiloPost

Apr 18, 2024 | ६ बैशाख २०८१

अस्ट्रेलियाका स्ट्रबेरीमा 'सुर्इ'को बिगबिगी, केरामा 'सुर्इ' लगाउँदै गर्दा महिला पक्राउ



अस्ट्रेलियाका स्ट्रबेरीमा 'सुर्इ'को बिगबिगी, केरामा 'सुर्इ' लगाउँदै गर्दा महिला पक्राउ
फोटो: बीबीसी

​​​​​क्विस्नल्यान्ड : अस्ट्रेलियाका विभिन्न शहरमा स्ट्रबेरीमा सुर्इ लगाइएको घटनाको छानबिन चल्दै गर्दा फेरि केरामा सुर्इ भेटिएको छ।

स्ट्रबेरीमा सुर्इ हालेको सिको गर्दै ६२ वर्षेीया महिलालार्इ केरामा सुर्इ हाल्दै गरेको अवस्थामा पक्राउ गरेपछि अनुसन्धान थप जटिल बनेको हो। पक्राउ परेकी महिला मानसिक रुपामा कमजोर रहेको प्रहरीले बताएको छ। उक्त महिलाको अरु घटनामा संलग्नता नदेखिएको जनाइएको छ। 

स्ट्रबेरी उत्पादन हुने स्थान र त्यसको निर्यात गर्ने ठूलो समूह रहेकोले अनुसन्धान जटिल बन्दै गएको क्विन्सल्यान्डका कमिश्नर एआन स्टेवार्टले बताए। घटनाका बारेमा जानकारी दिने व्यक्तिलार्इ ७२ हजार अमेरिकन डलर पुरस्कार दिने क्विनसल्यान्ड राज्य सरकारले घोषणा गरेको छ। 

अस्ट्रेलियाका स्ट्रबेरीहरुमा सुर्इ हाल्ने क्रम अत्याधिक बढेको छ। अस्ट्रेलियाका छ राज्य र त्यस आसपासका क्षेत्रका स्ट्रबेरीहरुमा सुर्इ हालेको भेटिएको छ।  

पहिलो पटक क्विन्सल्यान्डमा सुर्इ हालिएको घटना सार्वजनिक भएको थियो। पछि न्यू साउथ वेल्स, भिक्टोरिया, तासमानिया लगायतका क्षेत्रमा स्ट्रबेरीमा सुर्इ भेटिएको थियो। 

अस्ट्रेलियाका स्वास्थ्य मन्त्री गर्ज हन्टले 'यी घटनाहरु जनता प्रति लक्षित भयानक अपराध' भएको भन्दै अनुसन्धानका लागि आदेश दिएका छन्। 

यसै क्रममा क्विन्सल्यान्डका कृषि मन्त्री मार्क फर्नरले त्यहाँका स्ट्रबेरी कृषकहरुलार्इ भेटेर यस घटनाका बारेमा जानकारी लिएका छन्। 
क्विन्सल्यान्ड स्ट्रबेरी उत्पादक संघका अध्यक्ष एडरिन चल्टजले एक 'व्यापारिक आतंकवाद' ले करोडौं डलर व्यापारलार्इ डुबाएको र यसबाट धेरै कृषकहरुको पेशा सकिने बताएका छन्। 

फर्नरले भने कृषकहरुका लागि राहतको केही व्यवस्था गरिने भएपनि यस घटनाको सत्यतथ्य सार्वजनिक नभएसम्म अरु कुनै योजना नल्याइने बताए।  

अस्ट्रेलियन सरकारले मानिसहरुलार्इ स्ट्रबेरी खानु अघि राम्ररी काटेर खान आग्रह गरेको छ। 

क्विस्नल्यान्डमा मात्रै १८० भन्दा बढी व्यवसायिक स्ट्रबेरी उत्पादक रहेका छन्। यता, न्यूजील्यान्डका खाद्य बितरकहरुले अस्ट्रेलियाका स्ट्रबेरीहरुलार्इ बिक्री गर्न छाडेका छन्।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell