PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

अमेरिकाले लगायो चिनियाँ वस्तुमाथि हालसम्म कै उच्च कर



अमेरिकाले लगायो चिनियाँ वस्तुमाथि हालसम्म कै उच्च कर
फोटो: GETTY

वासिङटन: अमेरिकाद्वारा चिनियाँ वस्तुमाथि अहिलेसम्म कै धेरै अतिरिक्त कर लगाएको छ। यसबाट दुर्इ राष्ट्रबीच व्यापारिक युद्ध तीब्र हुने अनुमान गरिएको छ। अमेरिकी करबाट चीनलार्ई २ सय अर्ब डलरको भार थप हुने बताइएको छ ।

चीनले निर्यात गर्ने रिकर्डिङ डिभाइस, लग्गेज ब्याग, ह्यान्ड ब्याग, टायर, भ्याकुम किल्नर, चामल, टेक्सटाइल लगायत ६ हजार सामाग्रीहरुमा नयाँ अतिरिक्त कर लागू हुनेछ ।सेप्टेम्बर २४ बाट लागू हुने नयाँ कर १० देखि २५ प्रतिशतसम्म बढाइएको हो। 

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले चीनको गलत व्यापारिक अभ्यास विरुद्ध नयाँ कर लगाइएको तर्क गर्दै आएका छन्। ह्वाइट हाउसले चीनले आफ्नो बौद्धिक सम्पति चोरेको र अमेरिकी कम्पनीहरुलार्इ उनीहरुको प्रविधि साझा गर्न दबाब दिइरहेको आरोप लगाउँदै आएको छ। कर लगाए पछि चीनको व्यवहारमा परिवर्तन आउने अमेरिकी विश्वास रहेको छ।

२०० अर्ब कर लगाएका ट्रम्पले चीनको व्यवहारमा कुनै परिवर्तन नभए थप २ सय ६७ अर्ब डलरको नयाँ अतिरिक्त कर लगाउन आफू तयार रहेको बताइसकेका छन।

ट्रम्पको यस नीतिले चीनका साथै अमेरिकी कम्पनीहरुलाई समेत धेरै घाटा हुने बताइएको छ। एप्पल, डेल लगायतका कम्पनीहरुले ट्रम्पको यस नीतिको अलोचना गर्दै आएका छन्।

एप्पलले चीनमा उत्पादन गर्दै आएका आफ्ना उतपादनहरु अमेरिकी बजारमा महँगो हुने बताइसकेको छ। ट्रम्पले भने करबाट छुट पाउन एप्पलले अमेरिकामै आफ्ना सामाग्रीहरु उत्पादन गर्नुपर्ने बताएका छन्। ट्रम्पले दुर्इ सय अर्ब बराबरको चिनियाँ सामाग्रीहरुमा कर लगाउने भएपछि एप्पलले आफ्नो एयरपोड हेडफोन, बिट हेडफोन लगायतका सामान महँगो हुने बताइसकेको छ।

अमेरिकी निर्णयका कारण चीनले पनि अमेरिकी वस्तुमा कर लगाउने तयारी गरिरहेको छ। चीनको कदमले चीनमा रहेका अमेरिकी कम्पनीहरु धेरै प्रभावित हुने बताइएको छ।

गत जुनमा मात्र ट्रम्पले ५० अर्ब चिनियाँ सामानमा २५ प्रतिशत कर लगाउने निर्णय गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell