PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

बार्सिलोनाको जितमा मेसीको तीन कीर्तिमान



पहिलोपोस्ट

बार्सिलोनाको जितमा मेसीको तीन कीर्तिमान

लियोनस मेसीले बार्सिलोनाको कप्तानको रुपमा युरोपियन च्याम्पियन्स लिगमा डेब्यु गर्दा उत्कृष्ट प्रदर्शन गरे।

नयाँ सिजन २०१८-१९ अन्तर्गत समूह ‘बी’ को खेलमा बार्सिलोनाले डच क्लब पीएसभी आइन्डहोभनलाई ४-० ले पराजित गर्दा मेसीले ह्याट्रिक गरे। अर्को गोल उसमान डेम्बेलेले गरे।

पहिलो पटक डच क्लब विरुद्ध गोल गरेका मेसीले पीएसभी विरुद्धको जितमा तीन कीर्तिमान बनाए।

पीएसभी विरुद्ध ३२औँ मिनेटमा फ्रिकिमार्फत पहिलो गोल गरेपछि मेसीले च्याम्पियन्स लिगमा लगातार १४ सिजन गोल गर्ने राहुलको कीर्तिमान बराबरी गरे। यसअघि रियल मड्रिडका राहुलले मात्र उक्त उपलब्धी हासिल गरेका थिए।

मेसीले च्याम्पियन्स लिगमा गोल गरेको पीएसभी ३०औँ क्लब समेत हो। गत सिजन मेसीले चेल्सी विरुद्ध गोल गर्दै च्याम्पियन्स लिगमा २९औँ क्लब विरुद्ध गोल गरेका थिए।

मेसी भन्दा बढी राहुलले (३३) र रोनाल्डोले (३२) क्लब विरुद्ध गोल गरेका छन्।

यस्तै ७७औँ मिनेट र ८८ औँ मिनेटमा गोल गर्दै ह्याट्रिक पुरा गरेपछि मेसी च्याम्पियन्स लिगमा आठौँ ह्याट्रिक गर्ने पहिलो खेलाडी बनेका छन्। उनले क्रिस्टियानो रोनाल्डो भन्दा एक बढी ह्याट्रिक गरेका छन्।

पीएसभी विरुद्ध सिजनको पहिलो खेलमै ह्याट्रिक गरेपछि मेसी च्याम्पियन्स लिगको समूह चरणमा धेरै गोल गर्ने खेलाडी बनेका छन्।

मेसीले ६४ समूह चरण खेलमा ६३ गोल गरिसकेका छन्। पीएसभी विरुद्ध ह्याट्रिकपछि च्याम्पियन्स लिगमा मेसीको गोल संख्या १०३ पुगेको छ। यसै सिजन मात्र इटालियन क्लब युभेन्ट्स पुगेका पोर्चुगलका रोनाल्डोले १२० गोल गरिसकेका छन्।

मेसीको यो ४८औँ करियर ह्याट्रिक हो। उनले बार्सिलोनाका लागि ४२ तथा अर्जेन्टिनाका लागि ६ ह्याट्रिक गरेका छन्।

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell