PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

संसदीय समितिमा सभापति चयनका लागि आज मनोनयन, यी हुन् उम्मेदवार



पहिलोपोस्ट

संसदीय समितिमा सभापति चयनका लागि आज मनोनयन, यी हुन् उम्मेदवार

काठमाडौँः प्रतिनिधिसभाका दश विषयगत समितिमा सभापति चयनका लागि आज मनोनयन हुँदैछ। बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म मनोनयनको समय तोकिएको छ। प्रतिनिधिसभा सचिवालय सिंहदरवारमा मनोनयन हुनेछ। 

निर्वाचन कार्यतालिका अनुसार साँझ साढे ५ बजे उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गरिनेछ। प्रतिनिधिसभा कार्य सञ्चालन नियमावली अनुसार एक प्रस्तावक र समर्थकसहित उम्मेदवारी दर्ता गर्न सकिनेछ। एकल मनोनयन भएमा निर्विरोध निर्वाचित हुने नियमावलीको व्यवस्था छ। तर, औपचारिक रुपमा भने समितिले नै घोषणा गर्नुपर्नेछ। 

एकभन्दा बढी उम्मेदवारी परेमा शुक्रबार सम्बन्धित समितिहरुमा निर्वाचन हुनेछ। 


यी हुन् उम्मेदवार

दश विषयगत समितिमध्ये सत्तारुढ दलले एक समिति सत्ता साझेदार संघीय समाजवादी फोरमलाई दिएका छन्। यस्तै, प्रमुख विपक्षी दल नेपाली कांग्रेसले लेखा समितिको नेतृत्व गर्नेछ। अन्य आठ समितिमा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (ने क पा) का उम्मेदवार हुनेछन्। विपक्षी दलले अन्य समितिमा उम्मेदवारी दिन वा नदिनेबारे कुनै निर्णय गरेको छैन। 

उम्मेदवारको सूची
अर्थ समिति –कृष्णप्रसाद दाहाल
अन्तर्राष्ट्रिय सम्बन्ध समिति –पवित्रा निरौला खरेल
उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित –विमल श्रीवास्तव
कानुन न्याय तथा मानव अधिकार –कृष्णभक्त पोखरेल
कृषि सहकारी तथा प्राकृतिक स्रोत –पूर्णकुमारी सुवेदी
राज्य व्यवस्था तथा सुशासन –शशी श्रेष्ठ
विकास तथा प्रविधि –कल्याणी खड्का
महिला तथा सामाजिक –निरुदेवी पाल
शिक्षा तथा स्वास्थ्य –जयपुरी घर्ती
सार्वजनिक लेखा समिति भरतकुमार साह  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell