PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

फिल्मको प्रचारमा देखिएनन् समुन्द्र



पहिलोपोस्ट

फिल्मको प्रचारमा देखिएनन् समुन्द्र

काठमाडौं : फिल्म 'अनुराग' टिमले प्रचार थालेको छ। फिल्मको प्रदर्शन मिति नजिकिँदै जाँदा टिमले प्रचार अस्त्र गीतको भिडियो सार्वजनिक गरेको हो। निर्देशक सत्यराज चौलागाईंको शब्द तथा सरोज पोख्रेलको संगीतमा फिल्मको 'तिम्रो स्वरमा' बोलको गीतको भिडियो सार्वजनिक भएको हो।

गीतलाई प्रताप दासले गाएका हुन्। भिडियोमा मुख्य कलाकार समुन्द्र पण्डित फिचर्ड छन्। समुन्द्रको यो डेब्यू फिल्म हो। फिल्ममा एलिजा गौतमको पनि मुख्य अभिनय छ। उनीहरु दुवैको डेब्यू फिल्म हो 'अनुराग'। तर पछिल्लो समय फिल्मको प्रचारमा एलिजा मात्र देखिन्छिन्। पती धमलासँगै प्रचारमा हिँड्छिन् उनी। हुन त फिल्मको निर्माण, पति ऋषि धमलाले गरेपछि उनी प्रचारमा हिँड्नैपर्‍यो।

तर फिल्म प्रचारमा समुन्द्रको सहभागिता कम नै देखियो। हालै निर्माण टिमले काठमाडौंममा एक साक्षात्कार कार्यक्रम गरेको थियो। कार्यक्रममा धमला दम्पती उपस्थित देखिए। फिल्मको कार्यक्रममा नै मुख्य कलाकार नदेखिएपछि एलिजालाई प्रश्न सोधियो। त्यतिखेर धमला दम्पती प्रश्नको उत्तर दिन नाजवाफ बनेका थिए।

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell