PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

युरोपा लिग : सेभिया, आर्सनल, चेल्सी र एसी मिलानको विजयी सुरुवात



पहिलोपोस्ट

युरोपा लिग : सेभिया, आर्सनल, चेल्सी र एसी मिलानको विजयी सुरुवात

सेभिया, चेल्सी, आर्सनल र एसी मिलान। यी चार क्लब युरोपको प्रतिष्ठित क्लब फुटबल प्रतियोगिता च्याम्पियन्स लिग नै खेल्न लायक थिए। तर घरेलु लिगमा गत सिजन गरेको प्रदर्शन आधारमा च्याम्पियन्स लिगमा छनोट हुन नसकेपछि दोस्रो श्रेणीको क्लब फुटबल खेलेका यी चारवटै क्लबले युरोपा लिग २०१८-१९ मा विजयी सुरुवात गरेका छन्।

साविक विजेता समेत रहेको सेभियाले समूह जे को खेलमा बेल्जियमको स्टानडर्ट लिगलाई ५-१ ले हरायो। घरेलु मैदानमा भएको खेलमा सेभियाका लागि एभर बनेगा र विसम बेन एडरले २/२ गोल गरे भने फ्रान्को भाज्क्वेजले एक गोल गरे। स्टानडर्टका मौसा डेज्नेपोले एक गोल फर्काए।

यस्तै इंग्लिस क्लब आर्सनलले पनि सहज जित हात पार्ने क्रममा युक्रेनको भोस्क्ला एफसी लाई ४-२ ले हरायो। लण्डन क्लबका लागि पिएरे एमरिक ओवामेयाङले दुई तथा ड्यानी वेलब्याक र मेसुट ओजिल एक एक गोल गरे।

भोस्क्लाका भ्लादमिर चेस्नाकोभ र भेएचास्लाभ सार्परले एक एक गोल गरे।

चेल्सी र मिलानले भने कठिन जित निकाल्यो। दुवैले १-० को जित हात पारे। चेल्सीले ग्रीसको पिएओकेलाई १-० ले हराउदा विलियनले निर्णायक गोल गरे।

यस्तै गोन्जालो हिगेनको निर्णायक गोलमा मिलानले डुडेलाङ्गेलाई १-० ले पराजित गर्‍यो।

 

  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell