PahiloPost

Apr 16, 2024 | ४ बैशाख २०८१

नेकपाले तोक्यो प्रदेश अध्यक्ष र इन्चार्ज



नेकपाले तोक्यो प्रदेश अध्यक्ष र इन्चार्ज

काठमाडौं : विवादित बन्दै आएको प्रदेशको जिम्मेवारी सम्बन्धमा नेपाल कम्युनिष्ट पार्टीले पदाधिकारीहरुको नाम टुंगो लगाएको छ।

नेकपाले सातवटै प्रदेशका अध्यक्ष र सचिव तथा इन्चार्ज र सह–इन्चार्ज तोकेको छ। नेकपाको सचिवालय बैठकले प्रदेश कमिटीको जिम्मेवारी बाँडफाँटको टुँगो लगाएको नेकपाका नेता जनाएका छन्।

आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले नाम टुँगो लगाएपनि केही नेताहरुमा असन्तुष्टि कायम रहेको जनाइएको छ।

दुई जना मुख्यमन्त्रीले पनि जिम्मेवारी पाएको छ भने तत्कालिन एमालेकै नेताहरुलाई बढी जिम्मेवारी दिइएको भन्दै माओवादी पर्टीका नेताहरु असन्तुष्टि रहेका छन्।

प्रदेश एकको इन्चार्जमा भीम आचार्य, अध्यक्षमा देवराज घिमिरे, सहइन्चार्जमा साबित्री काफ्ले र सचिवमा सुरेशबहादुर राई चयन भएका छन्।

यसैगरी प्रदेश २ को इन्चार्जमा सत्यनारायण मण्डल, अध्यक्षमा प्रभू साह, सहइन्चार्जमा विश्वनाथ साह र सचिवमा सुमनराज प्याकुरेल चयन भएका छन्।

प्रदेश तीनको इन्चार्जमा अष्टलक्ष्मी शाक्य, अध्यक्षमा हितमान शाक्य, सहइन्चार्जमा नारायण दाहाल र सचिवमा आनन्द पोख्रेल रहेका छन्।

गण्डकी प्रदेशको इन्चार्जमा पृथ्वीसुब्बा गुरुङ, अध्यक्षमा हितराज पाण्डे, सहइन्चार्जमा खगराज अधिकारी र सचिवमा गोविन्द नेपाली चयन भएका छन्।

प्रदेश ५ को इन्चार्ज शंकर पोख्रेल, अध्यक्षमा ओनसरी घर्ती, सहइन्चार्जमा दलबहादुर राना र सचिवमा जगप्रसाद शर्मा चयन भएका छन्।

कर्णाली प्रदेशको इन्चार्जमा जनार्दन शर्मा, अध्यक्षमा गोरखबहादुर बोगटी, सहइन्चार्जमा यमलाल कँडेल र सचिवमा मायाप्रसाद शर्मा चयन भएका छन्।

प्रदेश ७ को इन्चार्जमा भीम रावल, अध्यक्षमा कर्ण थापा, सहइन्चार्जमा लक्ष्मणदत्त जोशी र सचिवमा नेप चौधरी चयन भएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell