PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

सरकार र चालकबीच आठ बुँदे सहमति, आन्दोलन फिर्ता



सरकार र चालकबीच आठ बुँदे सहमति, आन्दोलन फिर्ता

काठमाडौँ : आन्दोलनरत नेपाल स्वतन्त्र सवारी चालक संघर्ष समितिसँग सरकारले आठ बूँदे सहमति गरेको छ। 

शुक्रबार सिंहदरबारमा भएको वार्तामा सहमति भएसँगै आन्दोलनका सम्पूर्ण कार्यक्रम आजैदेखि फिर्ता भएको छ भने सरकारले आन्दोलनका क्रममा थुनामा रहेका सबै सवारी चालकलाई आजैदेखि रिहा गर्दैछ। 

यस्तो छ सहमतिका बूँदा


प्रधानमन्त्री कार्यालय शुक्रबार भएको तीन घण्टा लामो छलफलमा सरकारले चालकका माग पूरा गर्ने सहमति जनाएको हो। स्थानीय तहमा भएको सहमतिलार्इ केही घण्टामै अस्विकार गर्दै हड्तालमा उत्रिएका चालकले सिंहदरबारमै सहमति चाहेका थिए। विहिबार जिल्ला प्रशासन कार्यालय बारामा भएको सहमतिको मसी नसुक्दै सिंहदरबारमै सहमति गर्नुपर्ने भन्दै शुक्रबार समेत हड्ताल जारी राखेका थिए।

विहिबार रातीनै वीरगंजबाट आन्दोलनको नेतृत्व गरिरहेको स्वतन्त्र सवारी चालक संघर्ष समितिका संयोजक वसन्त शर्मा, सहसंयोजक अर्जुन अधिकारीसहितको टोली काठमाडौं आएको थियो।शुक्रबार विहान ११ बजेदेखि चार जना सचिवसहित आन्दोलनरत पक्षसँग भएको छलफल साढे तीन बजे सहमतिमा टुंगिएको थियो।

आन्दोलनरत पक्षले उठाएको मागलार्इ संबोधन गर्ने सहमति भएको प्रधानमन्त्री कार्यालयका सचिव केदारबहादुर अधिकारीले जानकारी दिए।‘हामीले उहाँहरुले उठाएको माग संवोधन गर्न आवश्यक अध्ययन गर्ने प्रतिवद्धता जनाएका छौं। उहाँहरुले हाम्रो प्रतिवद्धता अनुसार सवारी साधन संचालन गर्न सहमत हुनुभएको छ’अधिकारीले भने।

छलफलमा प्रधानमन्त्री कार्यालयका सचिव अधिकारी,गृह मन्त्रालयका सचिव प्रेमकुमार रार्इ, भौतिक,पूर्वाधार मन्त्रालयका सचिव मधुसुदन अधिकारी र कानुन सचिव राजीव गौतम सहभागी थिए।हड्तातलमा उत्रिएको स्वतन्त्र सवारी चालक संघर्ष समितिका सहसंयोजक अधिकारीले सरकारले आफ्ना माग पूरा गर्न सहमति जनाएकाले आजैदेखि सवारी साधन संचालनमा आउने बताए।‘सरकारले हाम्रा सबै माग संबोधन गर्ने सहमति जनाएको छ।यो सहमतिसँगै आजैदेखि सवारी साधन संचालनमा आउनेछन्’उनले भने।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell