PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

कर्णालीमा सत्र शैयाको फिस्टुला अस्पताल सुरु



पी बी खड्का

कर्णालीमा सत्र शैयाको फिस्टुला अस्पताल सुरु

सुर्खेत : फिस्टुला विरामीले अबदेखि नियमितरुपमा पश्चिम नेपालमै उपचार पाउने भएका छन्। यस अघि विरामीले उपचार गर्नको लागि काठमाडौैका अस्पताल पुग्नुपर्थ्यो।  

कर्णली प्रदेशको राजधानी वीरेन्द्रनगरमा १७ शैयाको अस्पताल सञ्चालनमा आएसँगै फिस्टुलाका बिरामीले सहज उपचार पाउने भएका हुन्।

यसअघि विरामीले फिस्टुला जँचाउन वर्षको एक पटक सञ्चालन हुने शिविर कुर्नुपर्ने बाध्यता थियो। पश्चिम क्षेत्रमा फिस्टुलाको उपचार हुन नसक्दा प्रदेश नं. ७, कर्णाली प्रदेश र ५ नम्बर प्रदेशका केही जिल्लाका विरामीले सास्ती खेप्दै आउनुपरेको थियो। 

यस क्षेत्रमा फिस्टुलाको विरामीलाई मध्यनजर गर्दै सन् २००९ देखि वर्षको एक पटक साइनिङ् अस्पताल आई एनएफ सुर्खेत र मध्यपश्चिम क्षेत्रीय अस्पताल सुर्खेतले शिविर सञ्चालन गर्दै आएको थियो। तर, अब नियमित जाँच हुने र हप्तामा दुई पटक अप्रेसन हुने भएको छ। डाक्टर सेर्यीली हुडले विरामीको नियमित उपचारमा सघाउने भएकी छिन्।

पछिल्लो समय फिस्टुलाको विरामी बढ्दै गएकाले फिस्टुलाको उपचार गर्न सहज हुने अस्पतालको इन्चार्ज कृपा चौधरीको भनाई छ। 

यस अघि वर्षको एक पटक शिविर सञ्चालन गरेर न्युन विरामीले लाभ लिने गरेकोमा अब विरामीको संख्या बढ्ने र सेवा प्रवाहमा सहज हुने बताउँछिन्।

‘यस अघि पश्चिम नेपालमा फिस्टुलाको अस्पताल नहुँदा बिरामीले सास्ती खेप्नु परेको थियो,’ उनले भनिन्, ‘अब अस्पताल सञ्चालनमा आएको सहज रुपले विरामीको उपचार हुन्छ।’
 

१७ शैयाको अस्पताल 

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा फिस्टुला विरामीको उपचार गर्ने भवन सञ्चालनमा आएको छ। अन्तर्राष्ट्रिय दातृ निकाय बिएमजी टेराटेक जर्मनी र आईएनएफ युकेको सहयोगमा क्षेत्रीय अस्पताल सुर्खेतको हाताभित्र निर्माण गरिएको हो। १७ शैयाको अस्पतालमा सञ्चालनमा आएको भवन करिब पौने ६ करोडको लागतमा सञ्चालनमा आएको आईएनएफ सुर्खेतका प्रबन्धक मंगल थारुले जानकारी दिए।
 
गत आर्थिक वर्ष साउन महिनादेखि निर्माण कार्य थालेको तुल्सी भक्त कन्स्ट्रक्सनले समय अगावै निर्माण कार्य सकाएको थियो। भवन २ तलाको निर्माण गरिएको छ। उक्त भवनमा ओटी ब्लक, वार्ड कक्ष, प्रशासकीय र किचेनको समेत व्यवस्था गरिएको छ।

अस्पताल सञ्चालनमा आएसँगै पश्चिम नेपालका र पूर्वी नेपालका गरी करिव ४० जिल्लाका बिरामीले सेवा लिन सक्ने जनाइएको छ। 
अस्पतालमा डा. सेयर्ली हुडको नेतृत्वमा १७ जना स्वास्थ्यकर्मी रहेका छन् । 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell